© २०२३
काठमाडौँ ।
ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले मलेसियाविरुद्ध जितका लागि १४४ रनको लक्ष्य पाएको छ। ओमानको अल अमरेतस्थित टर्फ १ मा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४३ रनको योगफल तयार पारेको हो।
दोस्रो विकेटका लागि कप्तान विरनदिप सिंह र सर्भिन मुनियान्डेले ८२ रनको साझेदारी गरे। ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरेका सर्भिन ४१ रन बनाउँदा अभिनास बोहोराको बलमा बोल्ड आउट भए।
अर्का ओपनर मोहम्मद अमिर ३६ रन बनाउँदा क्याच आउट भए। सैयद अजिज ६ रन बनाएर पेभेलियन फर्के।
कप्तान विरनदिप ६८ र नाज्मुस सकिव ८ रनमा नटआउट रहे। विरनदिपले ५५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहोराले एक विकेट लिए। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।