ट्रेंडिंग:

>> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस्

उजाडिएका गाउँघरमा छरौं– आशाको सुनौलो किरण

३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

हरेक नेपाली युवाहरूको अन्तिम गन्तव्य सोध्यो भने तुरुन्तै जवाफ पाइन्छ– विदेश । पढाईका लागि होस् या रोजगारीका लागि उनीहरूले विदेश नै रोज्न थालेका छन् । नेपालमा बसेर कुनै किसिमको प्रगति गर्न नसकिने कुराले युवापुस्ताको मथिङ्गललाई राम्रैसँग गाँजेको पाइन्छ । कुनैपनि देश विकास हुनको लागि त्यस देशका युवाशक्तिको भूमिका निकै महत्वपूर्ण हुन्छ । राज्यले युवाहरूको जोस, जाँगर र तागतलाई देश विकासमा लगाउन नसक्दा विकासको गति शून्य हुन्छ । एकातिर देशमा ठूलो संख्यामा रहेको युवावर्ग अवसरको अभावले विदेश पलायन भएको छ भने अर्कोतिर स्वदेशमा भएका युवाहरूको मन पनि अवसरहरूको अभावले कुँडिएको छ । युवाशक्तिको अभावमा मुलुकको कुनैपनि क्षेत्रमा विकास हुन सकेको छैन । त्यतिमात्रै होइन गाउँघर पनि शून्यप्रायः देखिन थालेका छन् भने चहलपहल निकै घटेको छ ।

बेरोजगारी समस्या, आर्थिक समस्या, शैक्षिक क्षेत्रको अस्तव्यस्त नीतिका कारणले १८ देखि ३० वर्षसम्मका युवाहरू रोजगारीको सिलसिला तथा अध्ययनको सिलसिलामा विदेशिने क्रममा छन् । कक्षा ११÷१२ पास गरिसकेपछि नेपालबाट प्रत्येक दिन रोजगारी र अध्ययनको सिलसिलामा औसत २ हजार ५ सयदेखि ३ हजारसम्म युवा जनशक्ति रोजगारी तथा अध्ययनको सिलसिलामा युरोप एवं मलेसिया, खाडी मुलुक लगायतका देशहरूमा जाने गरेका छन् भने अध्ययनको सिलसिलामा अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापानजस्ता सम्पन्न मुलुकहरूमा जाने गरेको सरकारी तथ्याङ्कहरूले देखाउँछन् । खुल्ला सिमाना भएका कारण दोस्रो देशमा र सो देश भएर युद्धग्रस्त मुलुक र श्रम स्वीकृति नभएका देशहरूमा विदेशिनेहरू पनि धेरै छन् । जसको प्रत्यक्ष प्रमाण अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने प्रत्येक दिनको बाक्लो भीडले जनाउँछ ।
युवाहरूलाई आफ्नै देशमा रोक्न राज्यले कुनै किसिमको तयारी गरेको देखिदैन । नागरिकहरूलाई रोजगारी दिने कुनै स्पष्ट योजना देखिदैन । प्रजातन्त्रको करिब ३४ बर्षको दौरानमा एउटा पनि नयाँ उधोगधन्दा खोलिएको छैन । बरु भएका उद्योगहरू समेत राजनीतिक हस्तक्षेपको कारणले बन्द भएका छन् । एकातिर यही युवावर्गले विदेशी भूमिमा बगाएको रगत र पसिनाले आर्जन गरेर पठाएको विप्रेषणले देश चलेको छ भने अर्कोतिर स्वदेशमा बाँकी रहेका बेरोजगार युवाहरूको निरासा, कुण्ठा र आर्थिक अभावलाई राज्यले टुलुटुलु हेरेर बसेको अवस्था छ । मुलुकको यस्तो विकराल समस्याको समाधानको लागि राज्यले स्पष्ट योजना बनाउनेतर्फ ध्यान दिन नसक्नु नेपाल र नेपालीको लागि विडम्बना नै भन्नुपर्छ । नेपालमा रोजगारीका अवसरहरू सिर्जना गर्नको लागि कृषि, पशुपालन, जलस्रोत र पर्यटनका क्षेत्रहरूमा विकास गर्न जरुरी छ । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएको हाम्रोजस्तो देशमा भिजन, मिसन र एक्सनको ईच्छाशक्ति भएको राजनेताको अभावले युवाहरू बेरोजगार हुनुपरेको हो । थुप्रो संख्यामा रहेका शिक्षित र अर्ध–शिक्षित युवा जमातलाई रोजगार दिई मुलुकलाई समृद्धिको बाटोमा हिंडाउन राज्यले स्पष्ट मार्गचित्र बनाउनु आवश्यक छ ।
स्वार्थले निर्लिप्त भएका राजनीतिक दलहरू र तिनीहरूका कार्यशैलीले वास्तवमा देश र जनताको भाबनालाई लत्याएको अवस्था छ । समयको माग र नागरिकहरूको चाहाना बुझ्न नसक्ने राज्य जनताका समस्याहरूमा पूर्णतः बेखबर रहेको देखिन्छ । अहिले काँसी जाने कुतिको बाटो भनेझैं उल्टो राजनीतिक अभ्यासमा अभ्यस्त छ । हाम्रो देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्था केही व्यक्ति र समूहको लागि मात्र दुहुनो गाई भएको छ । आम नागरिकहरूको जीवन दिन–प्रतिदिन कष्टकर बन्दै गइरहेको अवस्था छ । गाउँका घरहरू क्रमशः सुनसान बन्दै गइरहेका छन् । मुलकमा तीब्र राननीतिक परिवर्तन त भयो तर नागरिकहरूको सामाजिक, शैक्षिक र आर्थिक जीवनमा आंशिक सुधार पनि आउन सकेन । राजनीतीले देश बनाउने होइन, देश त नागरिकहरूले बनाउने हो भन्ने यथार्थलाई बुझ्न अब राज्यले ढिला गर्नुहुँदैन । अबको सुन्दर नेपाल युवाहरूको मिहिनेतले मात्र निर्माण हुन सक्दछ । नयाँ नेपाल र नेपालीहरूको भाग्य र भविष्य परिवर्तन गर्ने हो भने विकासका संभावनाका क्षेत्रहरूमा योजनाकासाथ कार्यक्रमहरू तय गरी नवीन जोश तथा जागरका सम्बाहक युवाहरूलाई स्थान दिईनुपनि आवश्यक छ ।
विभिन्न आकांक्षाहरू राखि विदेश पलायनको मनोविज्ञानले ग्रस्त भएका युवाहरूलाई स्वदेशमा नै आयआर्जनका बाटाहरू खोल्नका लागि कृषि र पशुपालनमा आधुनिक तरिकाले व्यवसाय गर्नको लागि राज्यले योजना बनाउन आवश्यक छ । वैदेशिक रोजगारीले नेपाली समाजमा पारिवारिक विखण्डन तथा सम्बन्धविच्छेद त बढाएकै छ, सँगसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत यसका ठूला दुष्परिणामहरू देखापरेका छन् । अहिले देशले नराम्ररी भोग्दै गरेको व्यापार घाटा, मुद्रास्फीति र वैदेशिक मुद्रा सन्तुलन बिग्रनु विप्रेषणकै असर हो । किनकि यस्तोे कमाइको अधिकांश हिस्सा उपभोगका सामग्री, त्यो पनि आयातित गैरखाद्य वस्तुमा बढी खर्च हुने गरेको छ । र, यसको अर्को दुःखद पाटो पनि छ । युवा विदेश भासिँदा कृषि, निर्माण तथा अन्य विभिन्न कामका लागि हामी भारतीय श्रमिकमा निर्भर हुनुपरेको छ जसले गर्दा यहाँबाट विप्रेषण भारत जाने गरेको छ ।

युवावर्गको जोश, जाँगर र सीपलाई सहि ढंगले उपयोग नगरेसम्म देश विकासको कल्पना ‘आकाशको फल आँखा तरि मर’ भनेजस्तै देखिन्छ । युवाहरूलाई आफ्नै देशमा आयआर्जनका अवसरहरू प्राप्त भएमा कुनैपनि युवा रहरले विदेश जादैन । स्वदेशमा नै काम, दाम र मामको व्यवस्था भएमा विदेशी भूमिमा श्रम वेच्न युवाहरू जाँदैनन् । उनीहरूको विदेश मोह स्वतः भंग हुन्छ । विदेशको भूमीमा काम गर्ने रहर नेपाली युवा युवतीहरूको होइन तर वाध्यता र जीवन यापनसंगको सरोकारले आज लाखौं लाख युवाशक्ति विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा पूर्णविराम नलागेमा केहि वर्षमै देशको हरेक क्षेत्र नराम्रोसंग थला पर्ने निश्चित छ । यसरी बिदेशिने युवाहरूलाई आर्थिक उन्नतिको मेरुदण्डको रूपमा रहेको कृषिमा आकर्षित गर्न सकेमा पनि भविष्यका दिनमा भोकमरीको समस्यालाई कम गर्न सकिन्थ्यो । युवाहरूलाई सीप र क्षमतामा विकास गरि सीप र क्षमता अनुसारको काममा युवालाई स्वदेशमै रोजगारी दिलाई उनीहरूका लागि दीगो र सुन्दर भविष्यको निश्चित गर्नुपर्ने भएको छ ।

राज्यले आफ्नै देशमा पनि सुन्दर भविष्य बनाउन सकिन्छ भनेर युवाहरूलाई सहज र सरल योजना पनि दिन सकिरहेको छैन । युवा जमात शिक्षित, अशिक्षित, अर्धशिक्षित, सीप सिकेका हुन् या नसिकेका हन् जो सुकैको पनि रोजाई किन विदेश नै हुन्छ ? अब भने कतिपनि ढिलासुस्ती नगरिकन युवाको आकर्षणको केन्द्र हुने खालको व्यवहारिक योजना ल्याई हाम्रा युवाहरूलाई काम दिन सकियो भने मात्र हाम्रो देश उँभो लाग्दछ । हामीले युवा जोश र जाँगरलाई सकारात्मक दिशातर्फ अग्रसर गराउदै देशमा पनि केहि गर्न सकिन्छ भन्ने कुरामा निर्धक्क गराउनु पर्ने अहिलेको आवश्यकता देखिएको छ । उजाडिँदै गएका गाउँघरका वस्तीहरूमा आशाका सुनौला किरणहरू छर्न कत्तिपनि ढिलाइ गरिनु हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission