ट्रेंडिंग:

>> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा

‘सफा हिमाल अभियान २०२४’ को ध्वजारोहण समारोह सम्पन्न

बैशाख २ गते सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्ने सफाई टोली करीब ५० दिनको कार्ययोजना अनुसार सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर तथा ५ वटा मानव शव ब्यवस्थापन गर्ने लक्ष्य लिईएको छ ।
२९ चैत्र २०८०, बिहीबार
२९ चैत्र २०८०, बिहीबार

बुटवल, २९ चैत । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उदेश्यका साथ नेपाली सेनाको अगुवाईमा संचालन हुने सफा हिमाल अभियान २०२४ को शुभारम्भ गरिएको छ । एक समारोहका बिच नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले जंगी अडामा ध्वजारोहण गर्दै अभियानको शुभारम्भ गरे । कार्यक्रममा प्रधानसेनापति शर्माले अभियान नेता सेनानी आदित्य कार्कीलाई अभियान झण्डा हस्तान्तरण गर्दैै पर्वतीय पर्यावरण सुरक्षा एक सार्वजनिक महत्वको विषय भएको बताए । हिमाल सफाई अभियान सरोकारवाला सबैको साझा प्रयास, समन्वय र सहकार्यबाट मात्र सफल हुने भन्दै पर्यावरण सुरक्षामा करीब ५ दशकको सक्रिय सहभागिता एवं सफा हिमाल अभियानमा विगत पाच वर्षदेखिका अनुभवहरु सुनाए । विस्तृत र ब्यवहारिक योजनाबाट सफलतापूर्वक लक्ष्य प्राप्ती हुने विश्वास ब्यक्त गर्दै उनले अभियान अन्तरगत फोहोर संकलनसंगै सचेतना र वृहत सहभागिता महत्वपूर्ण हुने बताए ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत नेपाली सेनाको अगुवाईमा संचालन हुने अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङ ल्हामु गाउपालिका, नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, एभरेष्ट लिङ, एभ्नी भेन्चर, एक्पेडिसन ओपरेटर एशोसियसन आदी संघसंस्थाहरुको प्राविधिक सहयोग हुने गर्दछ ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव डा. दिपक काफलेले सफलताको शुभकामना दिए । हिमाल बचाउने अभियान मुल नाराका साथ सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर तथा ५ वटा मानव शव ब्यवस्थापन गर्ने लक्ष्य लिईएको छ । करीब ३ हप्ताको प्रिडिप्लोइमेन्ट तथा एक्लिमटाईजेशन तालिम सम्पन्न गरिसकेको सफाई टोली बैशाख २ गते सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरि करीब ५० दिनको कार्ययोजना अनुसार सफाईको कार्यमा संलग्न हुनेछन । संकलित फोहोरहरुमध्ये सड्ने फोहोर स्थानिय निकायहरुलाई र नसड्ने फोहोरहर रिसाईकल गर्ने संस्थालाई ब्यवस्थापनको लागि हस्तान्तरण गरि समापन हुने छ । अभियानले विश्वब्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्युन गर्न सहयोग पुग्ने विश्वास सेनाले लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?