Butwal Today

पर्यटक आकर्षित गर्न पदमार्ग

२५ चैत्र २०८०, आइतबार
अ+
अ-

नवलपुर, २५ चैत ।

पुर्वी नवलपरासीका गाउँपालिकाहरुले आन्तरिक तथा बाह्य पर्यटनको बिकास गर्ने उद्देश्यले हुुप्सेकोट गाउँपालिकाले द्यौवादी डाँडामा पदमार्गको निर्माण गरेको छ ।

जिल्लाको एक हजार नौ सय मिटरको उच्च भागमा पर्ने द्यौवादीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र गण्डकी प्रदेशको सदरमुकाम पोखरा पुग्ने मुख्य गन्तव्य पनि यहीँबाट हुने भएकाले पनि द्यौवादीमा पाँच किलोमिटर लामो पदमार्ग निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।

योजना आयोगबाट श्रोत सुुनिश्चित हुने गरी पर्यटन मन्त्रालयबाट बिनियोजित रु एक करोड ३७ लाखको लागतमा निर्माण भएको पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको लागि लोभलाग्दो रहेको र यहाँ आहिले दिनहुँ हजारौं आन्तरिक पर्यटकहरु पुग्ने गरेका पालिका अध्यक्ष पाण्डेले बताईन् ।

पुर्वी नवलपरासीको हुप्सेकोट ५ धौवादीमा निर्माणाधीन यो फुट्रेल अहिले पाँच किलोमिटरको निर्माण भएको छ र अझै यसलाई पाँग्रे सम्म दश किलोमिटरको बनाउने गरी प्रकृया अघि बढेको गाउँपालिकाका अध्यक्ष पाण्डेको भनाई छ ।

यसको निर्माणले महाभारत पहाडका चुचुरा र पौराणिक तथा धार्मिक महत्वका पोखरीहरू एउटै पथमा जोडिने हुप्सेकोट गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष पदम बहादुर रानामगरको भनाई छ ।

करिव ६ फुट चौडाईको सव स्टक्चर सहित प्राकृतिक ढुङ्गा बिछ्याएर निर्माण भएको यो फुट ट्रेल पाँच किलो मिटर लम्बाइको रहेको छ । दलदलेबाट करिब २४ किलोमिटर उत्तरमा रहेको यो ठाउँमा १२ महिनै जाडो हुुने गर्दछ, यहाँको अवलोकन सँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकियो भने मात्र पनि यहाँका विकासमा प्रभाव पर्ने अध्यक्ष पाण्डेले बताए । यहाँबाट पोखराको यहत्रा पनि छोटो हुने भएकाले यो बाटो भएर यहत्रा गर्ने जो कोही पनि यो फुटटेलको अवलोकन गरेर मात्र जाने ब्यवस्था मिलाईने अध्यक्ष पाण्डेले बताईन् ।

रानीपोखरी क्षेत्र सेन वंशीय तथा प्राचिन राजा महाराजाहरूको मनोरञ्जनात्मक भूमि भएकोले पनि यसको विशेष महत्व रहेको बुलिङटार गाउँपालिका ४ का वडाध्यक्ष मिनबहादुर आले मगरले बताए । फुटट्रेलसंगै सोही चौडाईको एक्सपान्सन ब्रिजले गोल पोखरी स्थित शान्ति पार्क पुर्वको डाँडालाई जोडेर हिमाली दृश्य नियाल्ने गोलघर निर्माण गर्ने गाउँ पालिकाको योजना रहेको ईन्जिनियर विनोद अर्यालले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँको देवचुली डाँडा, धौवादीको हावाबाट चल्ने बिजुली, रूद्रपुरगढी अवलोकन गर्दै स्थानीय होमस्टेमा रात बिताउने गरेका चुलबोझा मगर होमस्टेका अध्यक्ष हेमलाल बराल मगरले बताए ।

हुप्सेकोटको धौवादी फुटट्रेल जस्तै जिल्लाको देवचुली डाँडा, किर्तीपुर लगायतका क्षेत्रमा बनेका पदमार्गले महाभारत डाँडा चड्ने साहसी पर्यटकलाई थप उत्साहित बनाएको अध्यक्ष पाण्डेले बताईन् ।