© २०२३
बुटवल, २४ चैत । रुपन्देहीमा सामाजिक कार्यमा अग्रसर रोयल ग्रुप बुटवलले आफनो स्थापना दिवसमा विभिन्न सामाजिक कार्य गरि मनाएको छ । ग्रुपको पाचौ स्थापना दिवसको अवसरमा न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको सहकार्यमा शनिबार सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको एक समारोहका बिच नेपाल सवयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै रगत अभावमा रहेका बिरामीहरुलाई सहज हुने गरि यस क्षेत्रका संघसंस्थाहरुको महत्वपुर्ण योगदान रहेको बताए । ब्लड बैकमा विभिन्न समयमा समूह अभाव हुनेहुदा पनि यसलाई कम गर्न नियमित रक्तदान जरुरी रहेको बताए ।
कार्यक्रममा ग्रुपका अध्यक्ष बोनिन पियाले समुहबाट स्थापना दिवसको अवसरमा रक्तदानसंगै शिवनगर सामुदायिक वन उपभोक्ता समुहस्थित नन्दनी गौशालामा राखिएका छाडाचौपायालाई एक ट्रक पराल र १५ बोरा चोकर वितरण गरिने, हिलपार्कमा डष्टबिन र न्यु लुम्बिनी ब्याडमिन्टन क्लबलाई कुर्सी हस्तान्तरण गरि मनाउने बताए ।
कार्यक्रममा ग्रुपका सचिव तथा संयोजक हरिशंकर गुप्ताले नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको बताए । हाल ग्रुपमा १४ जना सदस्यहरु रहेका छन । समुहले वर्षभरि नै विभिन्न सामाजिक कार्यमा अग्रसर रहदै आएको छ । निलकण्ठबाबा धाम, पर्रोहा बोलबमधामका बटुकहरुलाई भौतिक तथा आर्थिक सहयोग, खेलकुद कार्यक्रममा सहयोग तथा अन्य धेरै सामाजिक कार्यहरु गर्दै आएको बताए ।