© २०२३
बर्दघाट, २४ चैत्र । देशको अर्थतन्त्र बलियो हुन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भूमी ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले बताएका छन । निजी क्षेत्र, सहकारी र सरकारी गरी तिन खम्बे अर्थनिति अनुरुप अघि बढनुपर्नेमा मन्त्री अधिकारीले जोड दिएका थिए । बर्दघाट उद्योग वाणिज्य सँघले आयोजना गरेको सातौँ बर्दघाट महोत्सवलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएको समेत जिकिर गरे ।
पछिल्लो समय केही सहकारीहरुमा समस्या देखिएको भन्दैमा सबै सहकारीलाई उही रुपमा बुझ्न नहुने उनको भनाइ थियो । सहकारी,भुमी र उद्योग क्षेत्रमा देखिएका समस्यालाई टुङ्गोमा पुर्याउनेतर्फ सरकार अग्रसर छ“ मन्त्री अधिकारीले भने । फरक प्रसङ्गमा बोल्दै मन्त्री अधिकारीले नेपाली जनता र राजनीतिक दलहरुले लडेर ल्याएको ब्यवस्था बिरोधि स्वर देखिन थालेको भन्दै सङ्घियताको मर्म अनुरुपु तिनै तहको सरकारलाई बलियो बनाएर लैजानु पर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सरिता खनालले विशेषगरी महिलाहरुले सँचालन गरेका लघु उद्यमलाई प्राथमिकतामा राख्नुपर्ने बताइन । उनले स्थानियस्तरबाट सँचालित साना उद्योग र उद्यमीलाई स्थानिय सरकारले सहयोग गर्नुपर्ने बताइन ।
उद्घाटन समारोहलाई पूर्व मन्त्री हृदयेश त्रिपाठी, बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, नगर प्रवक्ता सन्त बहादुर गाहा लगायतले सम्बोधन गरेका थिए ।
सँघका अध्यक्ष लेखनाथ न्यौपानेले अर्थतन्त्र चलायमान गराउन, पर्यटन प्रर्वधन गर्नको लागि महोत्सवले टेवा पु¥याउने बताउँदै सबैको साथ र सहयोगले मेला सफल हुनेमा विश्वस्त रहेको बताए । महोत्सव चैत्र २३ गतेदेखी २०८१ बैशाख ३ गतेसम्म बर्दघाट हरियाली नगर स्थि बर्दघाट मण्डपमा सँचालन हुनेछ ।