© २०२३
बुटवल, २४ चैत । बुटवल–पाल्पा खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा सुरुङ्ग मार्ग निर्माणले तिब्रता पाएको छ । निर्माण सुरुवाती चरणमा सुस्त गतीमा चलेको निर्माणकार्य पछिल्लो समय भने धमाधम काम भैरहेको छ । केही समय अन्योल जस्तै रहेको परियोजना पछिल्लो समय कामले केही गति लिएपछि भने परियोजना समयमा सकिने कुरामा केही आशा जगाएको हो । पाँच बर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको चाईना स्टेट कन्ट्रक्सन इन्जीनियरले कामलाई पछिल्लो समय तिब्रता दिएको स्थानीयले बताएका छन ।
२०७८ सालमा ठेक्का सम्झौता भएको भएपनि २ वर्ष निर्माण कम्पनीले खासै काम गरेको थिएन । नेपाल सरकारले निर्माण भैरहेका परियोजनाहरूमा अनुगमन तथा निरीक्षण गर्दै समयसिमाभित्र निर्माण कार्य सम्पन्न गर्न र बिभिन्न बहानामा कामलाई ढिलासुस्ती नगर्न निर्देशन समेत गर्दै आएको थियो । सरकारले समयमा निर्माण सम्पन्न गर्न सरकार सहयोगी हुने तर बिभिन्न बहानामा कामलाई ढीलासुस्ती गरे निर्माण कम्पनी तथा ठेकेदारलाई कारबाही समेत गर्ने बताएपछि सुरुङ्गमार्ग निर्माणले गती लिएको हो । बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा बारैमासे माथीबाट खस्ने पहिरो ढुंगाका कारण दुर्घटनाबाट ठूलो धनजनको क्षतिसमेत हँुदै आएको कारण सुरुङ्गमार्गको अबधारणा आएको हो । जोखीमयुक्त सडकलाई सुरक्षित बनाउन पाल्पाको सिद्धबाबा मन्दिरको कोखैबाट हेडबक्स सम्मको १ हजार १ सय २६ मिटर लामो सुरङ्ग मार्ग निर्माणको चरणमा रहेको निर्माण कम्पनीले सुरुङ्गमार्ग बाहेकको सडक कुल २ किलोमिटर ४ सय मिटर सिद्धबाबा मन्दिर देखि दक्षिण र हेडबक्सको उत्तरतर्फ बुटवल पाल्पा सडकलाई डबल लेन बनाउने माथीबाट आउने पहिरो ढुंगा रोक्न रक नेट रक सेड स्लोप पोेटेक्स लगाउने काम समेत सुरु भएको आयोजनाकी इन्जिनियर सबिता ज्ञवालीले बताईन ।
‘काम भैरहेको छ सुरुङ्गमार्गको मुख्य तर्फ ५७.४ मिटर सुरुङ्ग खनिसकेको र बाईपास १ को १५.६ मिटर बाईपास २ को ८.७ मिटर बाईपास ३ को ४.६ मिटर सुरुङ्ग खनिसकेको इन्जिनियर ज्ञवालीको भनाइ छ । ७ अर्ब ३४ करोड लगानीमा निर्माण कार्य सुरु भएको सिद्धबाबा सुरुङ्गमार्ग समयमा निर्माण पुरा भए सुरुङ्गमार्ग निमार्ण सँगैे सडक सुरक्षित हुने भारत चीन ब्यापारीक बिस्तार गर्न सहयोग पुग्ने बिश्वास गरिएको छ ।à