© २०२३
बुटवल, २२ चैत । सीप सहितको जनशक्ति उत्पादनको लक्ष्यसहित बुटवलमा समृद्धि एकेडेमी शुभारम्भ गरिएको छ । बुटवल—४, अमरपथ सिह कम्प्लेक्समा बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा मोहन ठाकुरले एकेडेमी शुरु गरेका हुन ।
एक कार्यक्रमका बिच एकेडेमीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन हरेक ब्यक्ति सीपसंग जोडिएको हुनुपर्ने अहिलेको आवश्यकता अनुसारको महत्वपूर्ण काम शुरु भएको बताए । मानवीय संसाधन बिकासमा उपमहानगरबाट विभिन्न कार्यक्रमहरुमा जोड दिएको दाबी गर्दै उनले अहिलेको मन्दीको गरेको लगानीलाई बुटवलले जोगाउनको लागि आवश्यक सहकार्य गर्ने आश्वासन दिए । शिक्षाबाट रोजगारी पाउन कठिन रहेको बेला सीप सिकेमा देश तथा बिदेशमा रोजगारीको लागि सहजता हुने गरि निजि क्षेत्रमा लगानी हुनु सकारात्मक भएको उनले बताए ।
हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित ठाकुरको ३० लाख एकल लगानीमा एकेडेमी शुरु भएको हो । जहा एक ब्याचमा ४० जनासम्म सिकाउन सकिने सञ्चालक ठाकुरले बताए । एकेडेमीमा २० हजार देखि १ लाख ५ हजार सम्मका कोर्षहरु रहेको बताउदै उनले नयाँ वर्षमा २० प्रतिशत छुटको ब्यवस्था रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका ४ अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्व अध्यक्ष महेशमान श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रुपन्देही ब्यापार संघका कार्यबाहक अध्यक्ष प्रकाश ढकाल, सौन्दर्य कला ब्यवसायी संघका रुपन्देहीका अध्यक्ष आसु गुरुङ,अग्रज ब्युटीसियन मिना प्रधानले स्वरोजगरामुलक पेसामा लगानी सकारात्मक भएको बताए । समृद्धि सलोन तथा एकेडमीका बुटवल, मणिग्राम, बर्दघाट, जितपुर, पोखरा गरि ५ शाखा छन भने यी शाखामा ५० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन ।