© २०२३
बुटवल, २२ चैत। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालयले बुटवल बहुमुखी क्याम्पसमा सञ्चालित स्नातकोत्तर कार्यक्रमको अनुगमन गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन डा. विष्णु खनाल, डीनको कार्यालयका परशुराम भट्टराईको टिमले बुटवल बहुमुखी क्याम्पसमा एम.एड.तहका सेमेस्टर प्रणालीमा आधारित निर्देशिका अनुसार शोधप्रस्ताव तथा शोधपत्र लेखन, शोधप्रस्ताव तथा शोधपत्रको मूल्याकन तथा अभिलेखिकरणको कार्य भएनभएको बारे अनुगमन गरेको हो ।
अनुगमनका क्रममा सहायक डीन डा.विष्णु खनालले बुटवल बहुमुखी क्याम्पसमा एम.एड.तहका सेमेस्टर प्रणालीमा आधारित निर्देशिकाअनुसार शोधप्रस्ताव तथा शोधपत्र लेखन कार्य तालिकाअनुसार रहेको, शोधप्रस्ताव तथा शोधपत्रको मूल्याकन तथा अभिलेखिकरण डीनकार्यालयको निर्देशिका अनुसार सम्पन्न गरेको भेटिएको बताए । विभागबाट भर्खरै सम्पन्न गरेको १०० पूर्णाङ्कको शोधप्रस्तावको वाकपरीक्षा डीनको कार्यालयको मापदण्डअनुसार देखिएको तथा निर्देशिका अनुसार नै क्याम्पसमा कार्यक्रम संचालन भएको उनले बताए ।
अनुगमनका क्रममा क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपाने, स्नातकोत्तर कार्यक्रम संयोजक डा.अरुणकुमार क्षेत्री, सहायक क्याम्पस प्रमुखद्वय डा. दुर्गा भुसाल तथा डा.टीकाराम पौडेलले सहजिकरण गरेका थिए ।
कार्यक्रममा क्याम्पसका भौतिक र शैक्षिक विकास विविध विषयमा समेत छलफल भएको नेपाली शिक्षा स्नातकोत्तर कार्यक्रमका विभागीय प्रमुख डा.नारायणप्रसाद पन्थले बताए ।