ट्रेंडिंग:

>> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ

रेशम चौधरीले सुदूरपश्चिम सरकार ढले चार जनाको हत्या हुने धम्की दिएको नागरिक उन्मुक्तिका नेताको दावी

१९ चैत्र २०८०, सोमबार
१९ चैत्र २०८०, सोमबार

काठमाडौँ ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्माले आफूहरूलाई मार्ने धम्की आएको दाबी गरेका छन्।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढले चारजनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताए।

‘यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुनसक्छ भनिएको थियो’, उनले भने, ‘त्यही धम्कीपछि आज हामीमाथि भौतिक आक्रम भएको छ। मैले यसलाई सामान्य रुपमा लिएको छैन।’

उनी र टीकापुरका मेयर रामलाल डगौरा थारुलाई अनामनगरमा बसेको पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो।

आफूलाई केन्द्रीय कार्यालयको सबै ढोका थुनेर कुटपिट गरिएको उनले पत्रकार सम्मेलनमा बताए।

कुटपिटमा संलग्न सबै मानिसहरू नयाँ रहेको उनको दाबी छ।

उनीहरू कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनले बताए।

रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर थारु, टीकापुर नगरपालिका-४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर-५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा भएको आक्रमणलाई सामान्य रुपमा नलिएको उनले बताए।

‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बिहान ८ बजे बैठक बोलाउनु भएको थियो। हामी बैठकमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यौँ। संस्थापक केन्द्रीय सदस्य भनेर २१ जनालाई बोलाइएको थियो। महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता मिलेको छ’, उनले भने, ‘यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय समस्यको बैठक थियो। अध्यक्ष आउन ढिला भयो। उहाँ आउनु पहिले नै अनौपचारिक छलफलका क्रममा ढोकाको चुकुल लगाएर, मूलगेट थुनेर भौतिक आक्रमण भयो।’

उनले आफूहरूलाई कसैले कुटपिट गरे, दुर्घटना र कुनै घटना भए रेमशले जिम्मा लिनुपर्ने बताए।

उनले यसबारे गृहमन्त्री रवि लामिछानेको पनि ध्यानाकार्षण गराए। आफूहरूले रेमशलाई संरक्षक माने पनि कानुनले उनलाई पार्टी सदस्य बन्नसमेत रोक लगाएको बताए।

उता रेशमले भने ‘मेरो निर्णय नमान्ने भए पार्टीमा बस्न पाइँदैन’ भनेको विकले सुनाए। थारुमाथि भएको अन्यायको विरोधमा आफहरू होमिएको बताएका उनले सरकार टिकाउ भएको हत्याको धम्की सह्य नहुने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?