Butwal Today

लुम्बिनीमा किशोर किशोरीको सशक्तिकरण संवाद रुपान्तरण अभियान

१८ चैत्र २०८०, आइतबार
अ+
अ-

लुम्बिनी ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ४ को कार्यालयमा किशोर किशोरीको सशक्तिकरण सम्बन्धी सम्वाद रुपान्तरणीय अभियान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । “हामी अघि बढ्छौ, लिन्छौ शिक्षा तथा ज्ञान अन्त्य गर्छौ, बालविवाह कुरीति कुसंस्कार हटाउँछौ जीवनको अन्धकार” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर ५ का सांसद वासुदेव घिमिरेले बालविवाह, दहेज प्रथा, बहुविवाह अन्त्य गरी र त्यस्ता कुरिती अन्त्य गरी महिला विरुद्धका सबै प्रकारका विभेद र हिंसाको अन्त्य गरी महिलाहरूको हक हित अधिकारको सुनिश्चत गर्नुपर्नेमा जोड दिए । उनले महिलाहरुलाई हरेक क्षेत्रमा आगाडि बढाउन महिलाहरूमा भएको अन्तर्निहित् क्षमतालाई वृद्धि गरी जनचेतनामुलक नाटक र संवादको माध्यमबाट किशोर किशोरीहरु सामाजिक विकृति विसंगती, बाल विवाह, दहेज प्रथा, बहुविवाह कुरितिहरु बचाउन नाटकको माध्यमबाट समाजमा भईरहेको यथार्थ घटनाहरु नाटकको माध्यमबाट देखाई समाजमा विकृती रोक्न हरेकका लागि समुदायलाई जगरुक हुन जरुरी रहेको बताए ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, वडा नम्वर ४ का अध्यक्ष विनोद श्रीवास्तव, नगरपालिका समाजिक विकास शाखाका फडिन्द्र पाल, कालिदह चौकीका प्रमुख कविराज सेन्चुरी, ममता बनियाँ, श्याम सिह यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।