© २०२३
दाङ ,१८ चैत । छोराछोरी बिचको बिभेद अन्त्य भएमात्र लिग पहिचान पछिको भ्रण हत्या रोकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको आयोजनामा घोराहीमा लिंग पहिचान पछिको भ्रुण हत्या र यसको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सचेतनासंगै कानुन कार्यान्वनमा जोड दिए ।
कार्यक्रममा दिपज्योती अस्पतालकी डा. कृताञ्जली घिमिरेले चार महिनामा भ्रणको पहिचान हुने र बाह्र हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी मान्यता रहेकोे बताइन । पहिलो बच्चा गर्भमा आउँदा सहजै लिने तर दोस्रो बच्चा गर्भमा आयमा के जन्मिछ भन्ने खुलदुली र गर्भको पहिचान गर्ने गरेको उनले बताइन ।
कार्यक्रममा संस्थाका अध्यक्ष शुसिला आचार्यले छोरा र छोरीका बीचमा विभेद हटाउन जरुरी रहेको भन्दै गर्भमा भएको बच्चाको भ्रुण पहिचान गरेर हत्या गर्न नहुने तर्क दिदै विषय प्रबेश गराएकी थिइन ।
कार्यक्रमका पूर्व राज्यमन्त्री शुष्मा शर्मा घिमिरेले महिलाहरू आफै सचेत हुनुपर्ने बेला आएको बताइन । विगतमा गरिएका आन्दोलनले निति निर्माणको तहमा नै महिलाहरुको हक अधिकार ल्याउनमा महत्वपुर्ण भुमिका खेलेको हुदा अब अवैधानिक रुपमा गरिदै आएको लिंग पहिचानपछिको भ्रुण हत्यालाई पनि निति निर्माणको तहबाट रोक्नुपर्ने आवश्यकता रहेको उनले बताइन ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङका प्रबन्धक वसन्त खनाल, रेडियो मध्यपश्चिमका अध्यक्ष मधुसूदन वैद्य, अन्तरपार्टी महिला संजालका अध्यक्ष प्रमिता चौधरी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का सदस्य कृष्णा राना, महिला मानव अधिकार रक्षक संजाल दाङका अध्यक्ष सुशीला पौडेल, सौभाग्य महिला सहकारीका उपाध्यक्ष पार्वती धिताल, राप्ती साहित्य परिषदका केन्द्रीय उपाध्यक्ष कमलमणी देवकोटा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्य, सिस्नोपानी नेपालका अध्यक्ष लोकराज पराजुलीले समुदायमा देखिएको भु्रण हत्याको अवस्थाबारे चर्चा गरे ।