© २०२३
काठमाडौं,१६ चैत । हाम्रो नेपाली पार्टीले वागमतिमा आफ्नो दलका सांसदलाई पार्टीको स्वीकृति विना मन्त्री बनाइएको भन्दै आपत्ति जनाएको छ ।
६ दिनअघि मात्र समर्थन फिर्ता लिएकोमा पार्टीसंग सल्लाह नगरी सांसद शैलेन्द्रमान बज्राचार्यलाई बागमती सरकारमा सामेल गराएएपछि आज बिहान हेटौंडामा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष अनन्त राज घिमिरेले सत्ता साझेदार दलले राजनीतिक अपहरण गरेर मन्त्री बनाएको आरोप लगाए ।
यही चैत ३ र ४ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयविपरीत सांसद बज्राचार्य सररकारमा सहभागी भएको उल्लेख गर्दै अध्यक्ष घिमिरेले सरकारलाई विश्वासको मत दिए उनलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्। बज्राचार्यले राजनीतिक बेइमानी गरेको आरोप उनले लगाए।
हिजो मात्रै प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त बज्राचार्यले भने आफ्ना निर्वाचन क्षेत्रका मतदाताको मागलाई पूरा गर्न सरकारमा सहभागी भएको बताए ।
बागमती प्रदेश सभामा हानेपासँग दुई सिट छ। गत ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाडौँको प्रदेश सभा क्षेत्र नम्बर ८(१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका हुन् भने काठमाडौँकै सरिता खड्गी समानुपातिक सांसद निर्वाचित भएकी हुन्।
हानेपा पार्टी प्रवक्ता डिल्लीश्वर कार्कीका अनुसार समानुपातिक सांसद सरिता भने हाल पार्टीकै निर्णयमा अडिग छन्।