© २०२३
बुटवल, १४ चैत ।
रुपन्देहीमा जारी छैटो खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिता २०८० मा मदन भण्डारी क्रिकेट एकेडेमी र स्टार क्रिकेट एकेडेमी विजयी हुदै अन्तिम चारमा स्थान बनाएका छन । बुधबार भएको पहिलो खेलमा मदन भण्डारीले बोस्टनलाई ४३ रन तथा दोस्रो खेलमा स्टारले बिएमडब्लु बेष्ट्रनलाई ६ बिकेटले पराजित गरेको हो । समुहबाट ए बाट स्टार विजेता र मदन भण्डारी उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको मदन भण्डारीले निर्धारित २५ ओभरमा ७ बिकेटको नोक्सानीमा १४३ रनको लक्ष्य खडा गरेको थियो । मदन भण्डारीका लागि शेहजाद आलमले ४०, विजय प्रजापतीले २७ तथा बिशाल भुषालले २७ रन जोडे । बोस्टनका अनिष मण्डलले ४ बिकेट तथा दिपु भुजेलले २ बिकेट लिए । बोस्टनका ब्याट्सम्यानहरु केवल एक सय रनमा समेटियो । बोस्टनका सुदिप पौडलले १८ तथा आशिष रानाले २३ रनबाहेक अन्य ब्याट्सम्यानहरु मैदानमा टिक्न सकेनन । मदन भण्डारीका अर्जुन करुषले ४ तथा आदित्य भट्टराईले ३ बिकेट लिएका थिए । मदन भण्डारीका आदित्य भट्टराई म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा टस जितेर ब्याटिङको निर्णय गरेको बेष्ट्रनका ब्याट्सम्यानहरुले १५.२ ओभरमा ५१ रनमा समेटियो । उसका लागि रौनक श्रीवास्तवले १५ रनमात्र जोडे । स्टारका प्रिन्स पालले ४ बिकेट, शुभम खनालले ३ तथा शुभम पाण्डेले २ बिकेट लिए । झिनो लक्ष्यलाई स्टारका आशमान थारुको नटआउट १५ रनको योगदानमा जित निकाल्यो । बेष्ट्रनका सुप्रिम कंडेलले ३ तथा रौनक श्रीवास्तलले १ बिकेट लिए । खेलमा म्यान अफ दी म्याचबाट स्टारका प्रिन्स पाल पुरस्कृत भए ।
प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खेलिने उनले बताए । प्रतियोगिताको उपाधि विजता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसियसन अफ कास्की, डिसिए धनगढी र न्यु होराईजन स्पोर्ट्स क्लब गरि आठ टिमले प्रतिस्पर्धा गर्ने छन । चैत २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।