© २०२३
बुटवल, १२ चैत । गुल्मीको रुरु क्षेत्रमा हुने शालिग्राम महोत्सव वर्ष –२०८१ लाई सबै मिलेर सफल बनाउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । गुल्मेली सम्पर्क समाज रुपन्देहीको शनिबार बसेको बैठकका सहभागीहरुले धार्मिक र सास्कृतिक ईतिहास बोकेको महोत्सवलाई साझा बनाउने गरि अघि बढाउन जरुरी रहेको बनाए ।
कार्यक्रममा समाजका आजीवन सदस्य रचना पन्त भट्टराईले रुरु शालिग्राम महोत्सवका बारेमा अवधारणा पत्र प्रस्तुत गर्दै यो अभियानका लागि हिन्दू धर्मावलम्वी र हिन्दू धर्ममा विश्वास गर्ने समुदायको आस्थाका केन्द्र भएको दाबी गरिन । भगवान विष्णुका प्रतिनिधिका रुपमा जिवित अवस्थिति जनाउने शालिग्राम र यस्तो विशेष प्रकृतिको पत्थर पाइने संसारकै एकमात्र नदी कालिगण्डकीमा पाईने र यसको संरक्षण, सम्वर्धन र प्रचारप्रसार गर्न सके पर्यटनमा टेवा पुग्ने दाबी गरिन । सबैले आ–आफ्नो ठाँउबाट हातेमालो गर्दै यस अभियानलाई सफल बनाउन जरुरी रहेको उनले बताईन ।
कार्यक्रममा गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा. नारायणप्रसाद पन्थले संस्थागत र ब्यक्तिगत रुपमा हरेक राम्रा कामलाई साथ दिन जरुरी रहेको बताए । यसैबिच अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको र असत्यमाथि सत्यको विजय स्वरूप मनाइने हिन्दूहरूको रङ्गहरूको उल्लासमय पर्व होली (फागुपूर्णिमा) का पावन अवसरमा शुभ कामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।
संस्थाबाट प्रकाशन गर्न लागेको स्मारिकाको कार्य प्रगति विवरणको बारेमा समितिका संयोजक लोकनाथ उपाध्यायले जानकारी दिएका थिए ।
बैठकमा सल्लाहकारहरु लोकनाथ उपाध्याय, प्रा.डा. बुद्धबहादुर थापा, ऋषि भण्डारी, ओमीकला पुन, झविन्द कडेल (जेपी ), पशुपति घिमिरे, सचिव पुरूषोतम पाण्डेले सामाजिक कार्यमा संस्थाबाट भएका कार्यको बारेमा चर्चा गरिएको थियो ।