ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

बुटवल उपमहानगरद्वारा समूहमा आवद्ध महिलाहरुलाई तालिम

१० चैत्र २०८०, शनिबार
१० चैत्र २०८०, शनिबार

बुटवल ।

बुटवल उपमहानगरपालिका स्थानीय विकास कोष सञ्चालन समितिको आयोजनामा शुक्रबारदेखि समूहमा आवद्ध महिलाहरूका लागि उद्घोषण, बैठक सञ्चालन, माइन्युट लेखन तथा लेखा ब्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको बुटवल– १७ को भाटामा शुक्रबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले नगरका ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप र उत्पादनसँग जोडेर जिवनस्तर माथि उठाउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

नगरवासीलाई सीप र उत्पादनसँग जोडेर आय आर्जन बृद्वि गराउने उद्देश्यले उपमहानगरपालिकाले विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरेको बताउँदै नगर प्रमुख पाण्डेयले आत्मनिर्भर बन्न जस्तोसुकै सीपमूलक तालिम दिन उपमहानगरपालिका तयार रहेको जानकारी गराए ।

बुटवल उपमहानगरपालिका वडा नं १४ देखि १९ सम्मका लागि सञ्चालित कार्यक्रम यो कार्यक्रमले ती वडाका जनताको जिवनस्तर माथि उठाउन महत्त्वपूर्ण हुने विश्वास ब्यक्त गर्दै उनले कार्यक्रमबाट लाभ लिन आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख सावित्रा अर्यालले नाम जे भए पनि यो कार्यक्रम गरिबी निवारण कोष भएको भन्दै ्यसको उद्देश्य महिला सशक्तिकरण र गरिबी निवारण गर्नु रहेको बताइन् ।

निम्न वर्गका मानिसहरूले उठाएको रकम सस्तो दरमा उनै समुदायमा परिचालन गरेर उद्ममशील बनाउने योजना अनुसार कार्यक्रम सञ्चालन भएको बताउँदै उनले सबै घरका महिलालाई कुने न कुनै सीपसँग जोडेर आत्मनिर्भर बनाउने उपमहानगरपालिकाको योजना रहेको उल्लेख गरिन् ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका स्थानीय विकास कोष सञ्चालन समितिका अध्यक्ष शिव रानाले कोषमा आवद्ध विभिन्न सामुदायिक संस्था र उक्त संस्थाका सदस्यहरूको संगठन, बचत र सीप विकासको माध्यमबाट सामाजिक रूपान्तरण प्रक्रियालाई अगाडि बढाई मध्यम तथा बिपन्न बर्गका नागरिकहरूलाई आफ्नो काम, कर्तव्य तथा हक, अधिकारका बारेमा सचेत गराउनुका साथै सामाजिक परिचालन मार्फत विकासको मूल प्रवाहमा ल्याउन कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिका भित्र ६० सामुदायिक संस्था करिब १५ सय सदस्य कोषमा आवद्ध रहेको जानकारी गराउँँदै उनले संस्थाका सदस्यहरूको आय आर्जन बृद्धि गर्न पशुपालन ब्यापार ब्यवसाय सञ्चालनका लागि न्युनतम ब्याजदरमा घुम्ती कोषको रूपमा ऋण पुँजी लगानी गरेको बताए ।

त्यसका अलावा कोषले सदस्यहरूको विभिन्न रचनात्मक तथा ब्यावहारिक र सैद्धान्तिक क्रियाकलापमा सहभागी गराई उनीहरूको दक्षता र क्षमताको विकास गराई थप उर्जाशील, चेतनशील एवं सक्रिय जिवनयापनका लागि उद्घोषक, बैठक सञ्चालन, माइन्युट लेखन तथा लेखा ब्यवस्थापन तालिम सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १९ वडा अध्यक्ष चन्द्र सि थापा, कोष सञ्चालन समिति सदस्य प्रेमनारायण पाण्डेलगायतले कार्यक्रमको उद्देश्य र औचित्यबारे जानकारी गराएका थिए ।

दुई चरणमा गरी तालिममा १२० जनाको सहभागी रहेको कार्यक्रमको सहजीकरण गरेका दीपु मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?