ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

रात्रीकालिन बजारबाटै बुटवल चलायन हुने दाबी

९ चैत्र २०८०, शुक्रबार
९ चैत्र २०८०, शुक्रबार

बुटवल, ९ चैत । सुस्ताएको बुटवललाई रात्रीकालिन बजारबाट चलायमान बनाउन सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको रात्रीकालिन बजार संचालनका लागि अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले पर्यटन पुर्वाधार विकास सहित न्युनतम आवश्यकता पुरा गर्न जरुरी रहेको बक्ताहरुले दाबी गरेका छन ।

कार्यक्रममा संघका महासचिव अर्जुन थापाले कार्यपत्र प्रस्तुत गर्दै नया खेलेका सेवा उद्योगहरुसंगै सुरक्षाको मापदण्ड पुरा गरेर रात्रीकालिन बजार चलाउने सकिने बताए । अन्तराष्ट्रिय मापदण्ड अनुसार अनुसार २४ सै घण्टा अत्यावश्कीय सेवा प्रवाह हुने गरि सरकारबाट पहल जरुरी रहेको उनले बताए । बुटवललाई विभिन्न चरणमा रात्रीकालिन बजार ब्यवस्थापनको प्रयासहरु भएको भन्दै उनले स्थानिय पालिकाबाट वार्षिक नीति तथा कार्यक्रम ल्याएर नै रात्रीकालिन बजारको चलाउन अगुवाई भएको उनले बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले शहरी विकाससंगै यस क्षेत्रका सेवा उद्योगहरु अब प्याकेज चलाउन जरुरी रहेको बताए । हरेक ब्यवसायी, पेशाले गुणस्तरमा जोड दिनुपर्ने उनको सुझाव दिदै बुटवलको भाडा समायोजनको विषय गम्भीर भएको बताए । घरधनी समयमा सचेत नभए बाहाल खोज्ने अवस्था सृजना हुने उनको दाबी छ । निर्वाध ब्यवसाय गर्न पाउनुपर्ने विषयमा ब्यवसायी संस्थाहरु अगुवाई जरुरी रहेको छ । जनसंख्याका हिसाबमा दैनिक ३ लाख ब्यक्तिहरुको आवातजावत हुने बुटवललाई चलायमान बनाउन रात्रीकालिन बजार आवश्यक रहेको बताए ।

कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार माधव नेपाल, नाटा लुम्बिनीका उपाध्यक्ष कुलचन्द्र पाण्डेले पर्यटनको कुरा धेरै उठेपनि काम हुन नसकेको दुखेसो गरे । पर्यटन कै नाममा रहेका सरकारी निकायहरु ब्यवसायीहरुलाई कुनै प्रकारको सहयोग पाउन नसकेको दाबी गरे ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले प्रत्येक पालिकामा बिना दर्ता संचालनमा रहेका उद्योग, ब्यवसायीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी, उद्योग व्यापार संघका अध्यक्ष विष्णु प्रसाद पाण्डे, खुद्रा किराना ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष गोपाल प्रधान, घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष समुन्द्र जिसी, वरिष्ठ उपाध्यक्ष माधव खनालले रात्रीकालिन बजारको विषयमा सरकार .गम्भिर योजना अघि बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?