© २०२३
बुटवल, ९ चैत । एनएमबि बैंकको सुनवल शाखा कार्यालयले सुनवलस्थित महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयमा पोशाक बितरण गरेको छ । पहिलो पटक विद्यालय टेकेका प्ले ग्रुप नर्सरी कक्षाका ८८ जना नानीबाबुहरुलाइ टिसर्ट र हाफ पेन्ट बितरण गरेको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली बताए ।
महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयका अध्यक्ष ज्ञानहरि अर्याल, प्राचार्य खेमलाल शर्मा, शिक्षक, अभिभावकहरुको उपस्थितिमा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र सिनियर एरिया म्यानेजर मेघराज तिमिसिनाले सानासाना विद्यार्थीहरुलाई पोसाक वितरण गरे ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले एनएमबि बैंकले सुनवल क्षेत्रका जनतालाइ उत्कृष्ट बैकिङ्ग सेवासगै सामाजिक उत्तरदायित्व अन्तरगत देवकोटा स्कुल छनौट गरि पहिलोपटक विद्यालय प्रवेश गर्ने सानासाना नानीबाबुहरुलाइ पोशाक बितरण गरि सामाजिक उत्तरदायित्व बहनमा अग्रसरता दिएको बताए । त्यस्तै एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले नेपालको एक अग्रणी वाणिज्य बैंक एनएमबि बैंकले सरकारी विद्यालयमा अध्यनरत साना विद्यार्थी नानुबाबुहरुलाइ पोशाक हस्तान्तरण गर्न पाउदा खुशी व्यक्त गरे ।
एनएमबि बैंक लुम्बिनी प्रदेश क्षेत्र(एक)का सिनियर एरिया म्यानेजर मेघराज तिमिसिनाले सुनवल क्षेत्रमा करिव दुइ दशक देखि आफुहरुले उत्कृष्ट बैंकिङ्ग सेवा दिदै आएको र बैंकिङ्ग सेवासगै यस क्षेत्रमा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरू पनि सप्पन्न गरेको बताए । छिटोछरितो, अत्याधुनिक र ग्राहक मैत्री बैकिङ्ग सेवा लिन एनएमबि बैंक मार्फत कारोबार गर्न उनले सबैलाई आग्रह गरे ।