© 2026
बुटवल, ८ चैत। बुटवलमा केन्द्रीय कार्यालय रहेको ट्रष्ट माईक्रो ईस्योरेन्स कम्पनी सुरुवात भएको छ । कम्पनीको चैत ९ गते औपचारिक रूपमा शुभारम्भ हुने भएको हो । कम्पनीका अध्यक्ष जगत बहादुर पोखरेलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी माईक्रो ईस्योरेन्सको शुभारम्भ हुन लागेको जानकारी दिएका हुन ।
बुटवलका ७१ जना सञ्चालकहरूको ७५ करोड लागतमा माईक्रो ईस्योरेन्स शुभारम्भ हुन लागेको हो । तिलोत्तमा २ जानकीनगरमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कर्पोरेट कार्यालय भने काठमाडांै रहेको छ । कम्पनीले देशभरमा १८ वटा शाखा तत्काल विस्तार गर्ने गरी काम अगाडी समेत बढाएको अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए । मुख्यतः मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरूलाई बीमाको मूल धारमा ल्याउने र उनीहरूको सम्पत्तीमा दैवीप्रकोप, आकष्मिकजन्य दुर्घटनाबाट हुने हानी नोक्सानी तथा जोखिमलाई न्यूनिकरण गर्न सघाउने महान उद्देश्यका साथ नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त लघु निर्जीवन बीमा कम्पनी रहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले, निर्जीवन बीमा व्यवसाय अन्तर्गत लघु मोटर बीमा, लघु सम्पत्ती बीमा, लघु महामारी तथा आगबीमा, लघु घरबीमा, लघु सामुद्रिक बीमा, लघु व्यक्तिगत दुर्घटना बीमा, लघु सामूहिक दुर्घटना बीमा, कृषि तथा पशुपंक्षी लघुबीमा लगायतका बीमा व्यवसाय गरी सर्वसाधारणलाई भैपरी आउने दुर्घटनाजन्य तथा दैवीप्रकोपजन्य हुने हानी नोक्सानीमा राहत दिने उद्देश्यका साथ सञ्चालनमा आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुंगानाले जानकारी दिए ।
अर्कोतर्फ दुर्गम बस्तीदेखि सुगमसम्मका नेपालीहरूलाई बीमाको मुलधारमा ल्याउन र उनीहरूको सम्पत्तीको सुरक्षणमा बीमाको पहुँच पुयाउनका लागि र बीमा सम्बन्धी सचेतना ल्याउने मूख्य उद्देश्य भएको उनको भनाइ छ । नेपाल बीमा प्राधिकरणबाट मिति २०८०÷११÷१८ गते कारोबार सुरु गर्नु भनी अन्तिम स्वीकृती पत्र गरि कम्पनीले आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्टारको कार्यालय लगायतका सरकारी निकायबाट हुने सम्पूर्ण प्रकृया पूरा गरेर मिति २०६०।११।२७ गतेबाट निर्जीवन बीमा व्यवसाय शुरुवातको लागि अनुमती पाएको थियो ।