ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

छत्रेश्वरीमा ‘प्रसूति स्याहार घरभेट’

७ चैत्र २०८०, बुधबार
७ चैत्र २०८०, बुधबार

सल्यान, ७ चैत । सल्यानको छत्रेश्वरी गाउँपालिकामा २८० जना आमालाई घरभेट मार्फत सुत्केरी पछिको स्याहार पाएका छन् । स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीहरू घर–घरमा गएर सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुलाई स्वास्थ्य सम्बन्धी जाँच तथा परामर्श सेवा दिने महवपुर्ण कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाभरी १६४ जना र चालु आर्थिक वर्षको ६ महिनामा ११६ जना गरेर जम्मा २८० जना आमाहरूलाई उत्तर प्रसुति स्याहार कार्यक्रम मार्फत ४ पटक चेकजाँच गरिएको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले जानकारी दिइन् । यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा १७३ जना र यस आर्थिक वर्षको ६ महिनामा ११७ जना नवजात शिशुको घरभेट मार्फत चेकजाँच गरिएको पनि उनले जनाइन् ।

मंगलबार गाउँपालिकामा उत्तर प्रसुति स्याहार कार्यक्रमको समिक्षा गर्दै यो कार्यक्रमलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने सन्दर्भमा छलफल भएको छ । शतप्रतिशत लक्ष्य प्राप्तीका लागि सबैको अग्रसरता आवश्यक रहेको भन्दै कार्यक्रममा सहभागिहरूले आमा र बच्चाको स्वास्थ्य अवस्थामा थप टेवा पु¥याउन प्रसूति पछिको स्याहारको भेट कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडा अध्यक्ष प्रेम नेपाली, ६ का वडा अध्यक्ष टिकाराम बुढा, ७ का वडा अध्यक्ष टेक बहादुर विष्ट लगाएत स्वास्थ्य संस्थाका नर्सिङ स्टाफ, सरोकारवालाको सहभागिता रहेको थियो । स्वास्थ्य संयोजक केशरिदेवी भट्टराईले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेकी थिइन् भने उत्तर प्रसुति स्याहार कार्यक्रमको प्रगतिका बारे पब्लिक हेल्थ नर्स विमला डाँगीले प्रस्तुतीकरण गरेकी थिइन् ।

पहिलो जाँच बच्चा जन्मेको २४ घन्टा भित्र, दोस्रो जाँच बच्चा जन्मेको ३ दिनमा, तेस्रो जाँच बच्चा जन्मेको ७ दिनमा र चौथो जाँच बच्चा जन्मेको ४५ दिनमा अनिवार्य गर्नुपर्ने र उत्तर प्रसुति स्याहारको महत्वबारे सबैले बुझ्न आवश्यक रहेकोमा जोड दिइएको थियो । सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको स्वास्थ्य जाँच गरी जटिलताका अवस्थाहरू समयमै पहिचान, व्यवस्थापन तथा प्रेषण गरी मातृ तथा नवजात शिशु मृत्यु कम गर्ने उद्देश्य अनुसार गाउँपालिकामा उत्तर प्रसुति स्याहार घरभेट कार्यक्रम सञ्चालन गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?