© २०२३
बुटवल, ५ चैत । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही शाखा अन्तरगत बुटवल पश्चिम बुटवलको टोल समिति गठन गरिएको छ । बुटवल उपमहानगरपालिकाको वडा नं.१२ देखि १९ सम्मको बेलबास, नयाँगाउँ, तामनगर क्षेत्रका होटल ब्यवसायीको आईतबार भएको भेलाबाट राम प्रसाद भुषालको अध्यक्षतामा नौ सदस्यीय टोल समिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद खनाल, उपाध्यक्ष कमला पाण्डे, सचिव रामु न्यौपाने, कोषाध्यक्ष मित्रलाल पाण्डे, सदस्यहरु लोकहरी मरासिनी, तिलक खनाल, श्रृजना खनाल रहेका छन ।
कार्यक्रमको होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले उद्घाटन गर्दै पछिल्लोसमय होटल ब्यवसायीहरुको समस्याप्रति सरकार गम्भिर नबनेको दुखेसो गरे । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधब कुमार खनाल, प्रथम उपाध्यक्ष टंक प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, महासचिव अर्जुन थापा, सचिव थम्मन बहादुर भण्डारी, सहसचिव अर्जुन पोखरेल, पश्चिम टोलका अध्यक्ष तथा कार्यसमिति सदस्य नारायण प्रसाद श्रेष्ठ, सदस्य सीता ढकालले नया कार्यसमितिलाई रचनात्मक कामको लागि शुभकामना दिए ।