© २०२३
नयाँजगमा पृथ्वी उठ्नेछ, संसार हाम्रो हुनेछ………..अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ…….यी हुन् युजे. पोत्तरले सन् १८७१ मा लेखेको कम्युनिष्ट अन्तर्राष्ट्रिय गीतका सार शब्दहरु । त्यस्तै अंग्रेज रक संगीतकार जोह्न लेननले गाएको ‘इम्याजिन’ बोलको गीत (सन् १९७१) मा विश्वभरिका मान्छेकोे एउटै सीमारेखाबिहिन साझा विश्वको परिकल्पना गरिएको छ । राष्ट्रियता र धर्मको नाममा विभाजित नभएको अभौतिक संसारको परिकल्पना गरिएको छ । यो गीत २० औं शताब्दीका सय सर्वाधिक लोकप्रिय गीत मध्येको एक हो ।
विश्वव्यापी रुपमा भइरहेको बढ्दो आप्रवासन (माइग्रेसन) हेर्दा लाग्छ मान्छेको अन्तर्राष्ट्रिय जाती हुनेछ भन्ने भन्ने दृष्टिकोण आधुनिक विश्वव्यापीकरणको वर्तमान युगमा प्रष्टसँग मुखरित भएको छ ।
विश्वव्यापीकरण व्यक्ति, कम्पनी र सरकारहरुबिचको अन्तत्र्रिmया र एकीकरणको प्रक्रिया हो । विश्वव्यापिकरणलाई अर्को शब्दमा भूमण्डलिकरण पनि भन्ने गरिन्छ । यसलाई एउटा जटिल र बहुपक्षीय घटनाका रुपमा पूँजीवादको विस्तारको रुपमा लिने गरिन्छ । यसले स्थानीय र राष्ट्रिय अर्थतन्त्रहरुको एक वैश्विक, अनियमित बजार अर्थव्यवस्थामा एकीकरण गर्दछ । बढ्दो विश्व अन्तत्र्रिmयासँग अन्तर्राष्ट्रिय व्यापार, विचार र संस्कृतिको विकास हुन्छ । यो मुख्यतया अन्तत्र्रिmया र एकीकरणको आर्थिक प्रक्रिया हो जुन सामाजिक र साँस्कृतिक पक्षहरुसँग सम्बन्धित हुन्छ । यद्यपि द्वन्द्व र कुटनीति पनि भूमण्डलिकरणको इतिहास र आधुनिक भूमण्डलिकरणका ठूलो हिस्सा हुन् ।
वास्तवमा आधुनिक विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र साँस्कृतिक लगायतका सबै विषयमा साझा मूल्य मान्यता र प्रक्रियाको स्थापना गर्ने अभियान हो विश्वव्यापिकरण । यसले देशहरुबिच वस्तु, सेवा, पुँजी, प्रविधि, सूचना र मानिसहरुको सीमाविहिन रुपमा स्वतन्त्र प्रवाहलाई मान्यता दिन्छ । विश्व बैंकले यसका मुख्य तीन खम्बाको रुपमा व्यापार, वित्तीय प्रवाह र सूचना प्रविधिलाई लिएको छ । यसले विश्व एक गाउँ हो भन्ने मान्यताका साथ सीमाविहिन समुदायको निर्माणलाई प्रश्रय दिन्छ । सन् १९५५ मा संयुक्त राष्ट्र संघमा आवद्ध भएसँगै नेपालले विश्वव्यापिकरणको मान्यता अवलम्बन गरेको मान्न सकिन्छ ।
अहिले विश्वभरिका समाज र अर्थतन्त्र एकीकृत हुँदै गैरहेका छन् । यो एकीकरणको प्रमुख कारण हो वाष्प ईञ्जिनको आविष्कारसँगै तीब्ररुपमा विकास भैरहेको यातायात प्रणाली,े घट्दो यातायात खर्च, न्यून व्यावसायिक अवरोध, सूचना, संचार र प्रविधिमा भैरहेको अभुतपूर्व विकास, विचारको तीब्र सञ्चार, बढ्दो पूँजीप्रवाह र बसाईं सराइ (आप्रवासन)को बढ्दो चाप । बढ्दो असमानता, शक्तिको फेरबदल र सांस्कृतिक एकरुपता विश्वव्यापिकरण वा एकीकरणले सिर्जना गरेका चिन्ता, चासो र सरोकारहरु हुन् । यी मध्ये केही चासोहरु महत्वपूर्ण छन् । यिनल्े विश्वव्यापी अवसर र चुनौती÷जोखिम दुबै सिर्जना गरिरहेका छन् । यी कुराको सम्बोधन र समाधान गर्न विश्व दृष्टिकोण र वैश्विक नीति चाहिन्छ ।
विश्वव्यापीकरण गरिबी निवारण गर्ने शक्तिशाली बल सावित भएकोे कुरा विभिन्न तथ्य र अनुसन्धानले प्रमाणित गरेका छन् । खास गरेर आर्थिक विश्वव्यापिकरण अझ बढी प्रभावकारी हुन सक्छ । विश्वव्यापिकरणले गर्दा अझै धेरै एकीकृत अर्थतन्त्रहरु छिटो बृद्धि हुन सक्ने भएकाले सामान्यतया गरिबी घट्छ र यस्तो वृद्धिको पैmलावट विश्वव्यापी हुन्छ । खास गरेर नेपाल जस्ता न्यून आय भएका देशले आप्mना वस्तु तथा सेवा विश्व बजारमा लैजान सक्छन् । गत आर्थिक बर्षमा मात्रै नेपालले करिब नब्बे करोड डलर बराबरको सप्mटवेयर निर्यात ग¥यो । १५ अर्ब २४ करोड बराबरको विद्युत निर्यात ग¥यो । वैश्विक दृष्टिबाट हेर्दा नेपाल सानो गरिब राष्ट्रमात्रै होईन १०० बिलियन (खरब) डलर बराबरको सम्भावना बोकेको अर्थतन्त्र हो । विश्वका ठूला औद्योगिक शहर वा देशमा राम्रो जागिरको अवसर पाएर ग्रामीण गरिबीको चपेटाबाट उन्मुिक्त पाउन सक्छन् भन्ने कुरा वैदेशिक रोजगारबाट प्राप्त रेमिटान्सको प्रभाव हेर्न सकिन्छ ।
मानिसहरुको व्यवस्थित र संरचनागत स्थानान्तरणले उत्पादकत्व त वृद्धि गर्दछ । तर उस्तै खाले सीप भएका कामदारहरु–किसान, औद्योगिक मजदुर, फर्मासिष्ट) ले विकसित अर्थतन्त्रको तुलनामा विकासोन्मुख अर्थतन्त्रमा थोरै कमाउने अवसर पाउँछन् । विश्व एकीकरणले यस्तो असमानता बढाउँछ । धनी राष्ट्रहरुले गरिब देशका वस्तुहरुलाई उल्लेख्य रुपमा बन्देज गर्छन् । यद्यपि यस्ता खाले समस्याको सम्बोधन गर्दै विश्वव्यापिकरणलाई प्रवद्र्धन र सहजीकरण गर्न विश्व बैंक, विश्वव्यापार संगठन, बिमष्टेक, युरोपियन युनियन जस्ता विभिन्न प्रकृतिका आर्थिक संगठन र मञ्चहरु र क्षेत्रीय आर्थिक संगठनहरु क्रियाशिल छन् । देशहरुभित्रै भने सामान्यतया यस्तो असमानता बढ्दैन ।
विश्वव्यापकिरण बहुआयामिक हुन्छ । यसले सामाजिक, राजनीतिक र साँस्कृतिक रुपमा प्रभाव पार्दछ । अर्थिक रुपले सबल देशहरुको राजनैतिक र आर्थिक हिसाबले विश्व महाशक्ति बन्ने होडबाजी, साँस्कृतिक र वातावरणीय मुद्दा विश्वव्यापिकरणका खास र मुख्य चासो हुन् । इतिहासलाई फर्केर हेर्दा विश्वव्यापिकरणले गर्दा नै विश्व शक्ति स्थानान्तरण भएको पाइन्छ । १३ र १४ औं शताब्दीको कालखण्ड सम्मपूर्वी एसिया विश्वशक्तिको केन्द्र थियो । पछि औद्योगिक क्रान्ति, पुनर्जागरण आन्दोलन आदिका कारणले त्यो शक्ति सिप्mट भएर युरोप र अमेरिकी महादेशमा पैmलियो । अहिले फेरि आधुनिक विश्वव्यापिकरणको विश्वव्यापि प्रवृत्ति र लहरसँगै त्यो पुनः एसियातर्पm सर्दै गैरहेको छ । उबेला जापान शक्तिशाली साम्राज्य थियो भने अहिले चीन र भारतले विश्वको अर्थराजनीतिमाआप्mनो पकड बिस्तार गर्दै गैरहेका छन् । अध्येताहरुको आँकलन छ अबको विश्व नेतृत्व एसियाले गर्नेछ । यतिबेला प्रति आतंकबाद र गृहयुद्धको सामना गर्न विश्वभरिका देशहरुले अन्तरदेशीय रुपमा र समन्वयात्मक तबरमा नीति बनाउँदैछन्, सहकार्य गर्दै गैरहेका छन् ।
विश्वव्यापीकरणका चालक शक्तिहरु
१. तीब्र गतिमा विकास भैरहेका अर्थतन्त्र—चीन, भारत, ब्राजिल, मेक्सिको, दक्षिण पूर्वि एसियाली देशहरु मध्य र पूर्वी युरोप
२. बहुर्राष्ट्रिय कम्पनीहरु—जसले उत्पादन लागत घटाउन आप्mना सहायक कम्पनीहरु न्यून ज्याला दर र न्यून लागत भएका देशहरुमा स्थानान्तरण गरिरहेका छन् ।
३. बदलिदो जनसांख्यिक संरचना—खास गरेर भारतमा जहाँ युवा जनशक्तिको ठूलो हिस्सा छ । १५ बर्ष मुनिको जनसंख्या ६५ मिलियन छ भने २३ बर्ष मुनिको युवा जनसंख्या ४०० मिलियन रहेको छ ।
४. क्षेत्रीय आर्थिक समूहहरु—विश्व व्यापार संगठन, इयु, नाप्mटा आदि
५. प्रविधि—सबैभन्दा शक्तिशाली चालक
६. अन्तर्राष्ट्रिय व्यापार प्रतिको आकर्षण
७. अन्तर्राष्ट्रिय व्यापार र लागानीमा घट्दो अवरोध ।
८. स्रोत व्यवस्थापन र उपलब्धता (बहुराष्ट्रिय निगमहरु र प्रत्यक्ष बैदेशिक लगानी मार्पmत्)
९.अन्तर्राष्ट्रिय व्यापारिक संगठन (खास गरेर विश्व व्यापार संगठन)
विश्वव्यापीकरणका पाश्र्व प्रभावहरु
हरेक सिक्काका दुई पाटा हुन्छन् भने जस्तै विश्वव्यापिकरणले पनि थुप्रै खाले विकृति विसंगती र जोखिम निम्त्याएको छ । वातावरणीय विनासले सिर्जना गरेका समस्या (जलवायु परिवर्तन, विश्व तापमानमा भैरहेको बृद्धि) यतिबेलाको साझा विश्व समस्या हो । त्यस्तै साँस्कृतिक ¥हास, सार्वभौमिकता गुम्ने खतरा, असमानता, व्यवस्थापन, रोजगारी, ज्यालादर, कार्यस्थलका महिला र बालश्रम शोषण जस्ता विषयहरु चिन्ता र चासोका विषय भएका छन् । शक्ति राष्ट्रहरुको अनावश्यक चासो र हस्तक्षेप हामीले पनि अनुभव गरिरहेका छौं । भोगिरहेका छौें एमसिसि, बिआरआई वा भारतीय परियोजना जस्ता कुराहरुमा । भूराजनीतिक हलचल तीब्र रुपमा पैmलिइरहेको छ । बढ्दो विश्व ध्रुवीकरणले गर्दा पहिलो र दोस्रो विश्वयुद्ध निम्त्यायो । अहिले भैरहेको रुस–युक्रेन युद्ध, चीन र अमेरिकाबिचको व्यापार युद्ध आदि जस्ता कुराले फेरि कतै तेस्रो विश्वयुद्ध त हुने होईन भन्ने त्रास बढिरहेको छ ।
विश्वव्यापीकरण एउटा गतिशील र सर्वमान्य रुपमा चलिरहने प्रक्रिया हो । जुन आर्थिक, सामाजिक, शासकीय, साँस्कृतिक र वातावरणीय अन्तरसम्बन्धको रुपमा विश्वभर छरिएर रहेको हुन्छ । विज्ञान र प्रविधिको वर्तमान युगमा कुनै पनि देश अर्को देशसँग अलग्गिएर रहन असम्भव छ । सहअतिस्त्व, अन्तरसम्बन्ध र परनिर्भरता वास्तविकता हो । जुन देशले समय सापेक्ष रुपमा आप्mनो क्षमता अभिवृद्धि गरी सकारात्मक दिशातर्पm लम्कन्छ उसैले विश्वव्यापिकरणबाट खास गरेर तुलनात्मक लाभको क्षेत्रमा यथेष्ट लाभ हासिल गर्न सक्छ । यो रणनीतिक व्यवस्थापनको महत्वपूर्ण तत्व पनि हो । यसबाट लाभ हासिल गर्न प्रतिकुलताहरुलाई चिर्दै विकास पथमा अघि बढ्नु पर्दछ । युरोप,अमेरिका वा चीनमा अभ्यास गरिएका आर्थिक प्रणाली हुबहु लागु हुन सक्दैनन् नेपालको परिवेशमा । देशको माटो सुहाउँदो अर्थव्यवस्था र प्रणाली स्थापित हुन नसक्दा नै हो बारम्बार राजनीतिक व्यवस्था परिवर्तन हुँदापनि आशा गरिए अनुसारको आर्थिक विकास हुन नसकेको । चिन्तन र मनन विश्वव्यापी दृष्टिकोण राख्दै, विश्वबन्धुत्व र भाइचारालाई आत्मसाथ गर्दै तद्नुसार स्थानीयकरण गरेर जान सकियो भने विश्वव्यपिकरणले अनगिन्ती अवसरहरु सिर्जना गर्न सक्दछ ।
(लेखक लुम्बिनी बाणिज्य क्याम्पस, बुटवलमा अध्यापन गर्छन्)