कपिलवस्तु, ५ चैत्र
कपिलवस्तु जिल्लाका तिन वटा पालिकाको ६ वटा बिद्यालयमा आईसिटी सामाग्री हस्तान्तरण गरिएको छ । युडुटेक नेपाल, युनाईटेड मिसन टु नेपाल (युएमएन) को साझेदारीमा दलित सामाजिक बिकास केन्द्रद्धारा सञ्चालित परिर्वतनका लागि बालबालिका, युवा तथा समुदाय (सिवाईसिसी) परियोजना अन्र्तगत आईसिटी सामाग्री हस्तान्तरण गरिएको हो । सिवाईसिसी परियोजनाका संयोजक बद्रीनाथ शर्माले बुद्धभुमी नगरपालिका ९ स्थित जन कल्याण मा.बि. बकुल्लिपुर, यशोधरा गाउँपालिका ३ बसन्तपुरको श्रीकृष्ण धार्मिक मा.बि, मायादेवी ६ मुगहरी स्थित नेपाल राष्ट्रिय मा.बि., मायादेवी गाउँपालिका ५ बलुहवा स्थित जनता माबि, मायादेवी २ भैसकुण्डा स्थित नेपाल राष्ट्रिय मा.बि र मायादेवी गाउँपालिका ८ जिग्निहवा स्थित राष्ट्रिय माबिमा सो सामाग्री हस्तान्तरण गरेका हुन ।
बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई प्रबिधीमा पहुँच बृद्धि र प्रबिधीमैत्री बनाउन आईसिटी सामाग्री हस्तान्तरण गरिएको संयोजक शर्माले जानकारी दिए । ६ वटा बिद्यालयलाई ५० लाख ८५ हजार १ सय ६८ रुपैया मुल्यको आईसिटी सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरित सामाग्रीहरुमा प्रत्यक बिद्यालयमा २१ वटा कम्प्युटर मोनिटर, १९ वटा किबोर्ड, १९ वटा माउस, १९ वटा सेलीन्ट डिभाईस, २ थान ब्याट्रि र ईन्र्भटर सहितका सामाग्री रहेका छन । परियोजना अन्र्तगत हाल सम्म मायादेवी गाउँपालिकाका ७ वटा माध्यमिक बिद्यालयमा कम्प्युटर सहितका आईसिटी सामाग्री हस्तान्तरण भैसकेको छ । आईसीटि सामाग्रीको उपलब्धताले बालबालिकाको सिकाई उपलब्धी बृद्धि हुने दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक रामसरन रैदासले बताए । बिद्यालयमा लागु भएको कम्प्युटर शिक्षातर्फ बिद्यार्थीको क्षमता अभिबृद्धी हुने अपेक्षा राखिएको उनको भनाई छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीको भविष्यको शैक्षिक उपलब्धी सगै प्राबिधिक क्षेत्रमा अगाडी बढन सहयोगी हुने उनको बुझाई छ ।
नेपाल सरकारको आईसिटी ईन एजेशकेशनको योजनालाई सहयोग गर्न तथा पछाडी परेका र पारिएका बालबालिकाहरुको पहुँच बढाई सामुदायिक बिद्यालयको गुणस्तरीय शिक्षा अभिबृद्धिमा सहयोग पुग्ने युएमएनका सिवाईसिसी परियोजनाका व्यवस्थापक नवराज जोशीले बताए । सामुदायिक बिद्यालयहरुमा कम्प्युटर सहयोग मार्फत आईसिटी ईन एजेकेशनमा सहयोग पुर्याउन कार्यक्रम गरिएको स्पष्ट पार्दै हजारौं बालबालिकाको भविष्यलाई प्रबिधीसँग जोड्न सहयोग पुग्ने उनको बताए ।