© २०२३
बुटवल, ३ चैत । मैथिल समाज नेपाल रुपन्देहीको आठौं अधिवेशनबाट उदय कुमार सिंहको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । जसको उपाध्यक्ष रिता कुमारी शाह, सचिव मनोज मण्डल, सह–सचिव प्रशान्त महतो, कोषध्यक्ष श्रवण कुमार शाह तथा सदस्यहरु अनिता झा, गणेश महतो, शम्मी महतो, निलम शाह, प्रध्युम्न शाह तथा अबिनय महतो (बब्लु) निर्वाचित भएका हुन । यसैगरि समाजको बैठकबाट राम उदगार यादवको संयोजकत्वमा ३ सदस्यीय आर्थिक तथा लेखा समिति समेत चयन गरेको छ जसको सदस्यमा अशोक सिंह तथा अल्का ठाकुर रहेका छन ।
नवनिर्वाचित अध्यक्ष उदय कुमार सिंहले रुपन्देहीमा बिभिन्न पेशा व्यवसाय अंगाली स्थाई वा अस्थाई रुपमा बसोबास गरीरहेका मैथिल भाषीहरुलाई एकतावद्ध गर्दै आफ्ना परम्परा र संस्कृतिको जगेर्नामा अघि बढ्ने प्रतिवद्धता जनाए । दुई वर्षे कार्यकालमा मैथिल भाषा प्रवद्र्धनमा स्थानिय सरकारसंग समन्वय गरि रचनात्मक कार्यक्रम गर्ने उनले बताए ।
समाजमा आजिवन सदस्य तथा साधारण सदस्यसहित ३ सय भन्दा बढि मैथिली भाषिहरुको आवद्धता रहेको छ । कोशी प्रदेश तथा मधेश प्रदेशमाबाट रुपन्देही बिभिन्न पेसा व्यवसाय गरी बसिरहेकाहरु यस समाजमा आवद्ध छन ।