ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

गोरु तस्करीको जालोः भारतका गोरु नेपाल हुँदै बंगलादेश !

गोरु तस्करले राजमार्गका प्रहरी कार्यालयका प्रमुख र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई मोटो रकम दिएर भारतीय गोरु नेपाल हँुदै बंगलादेश लैजाने गिरोह सक्रिय रहेको देखिन्छ ।कपिलबस्तुको चन्द्रौटा नजिकै लोड गरिएको भनिएको गाडी फरक–फरक समयमा रूपन्देही र पाल्पामा फेला पर्ने गरेका छन् ।
१ चैत्र २०८०, बिहीबार
१ चैत्र २०८०, बिहीबार

बुटवल, १ चैत । भारबाट नेपाल भित्रीएका गोरुको नेपाल हुँदै बंगलादेश तस्करी सुरु भएको छ । पछिल्लो समय तस्करहरूले कपिलवस्तु जिल्लाको बहादुरगंज क्षेत्रलाई केन्द्र बनाएर तस्करी सुरु गरेका हुन् । तस्करहरूले भारतीय गोरुलाई भन्सारमा हिडाउँदै नेपाल भित्राउने र नेपालमै गोरुको नक्कली कागज पत्र बनाएर तस्करहरूले गोरुको तस्करी गर्दै आएको पाइएको हो । गोरु तस्करले राजमार्गका प्रहरी कार्यालयका प्रमुख र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई मोटो रकम दिएर भारतिय गोरु नेपाल हुँदै बंगलादेश लैजाने गिरोह सक्रिय रहेको देखिन्छ । कपिलबस्तुको चन्द्रौटा नजिकै लोड गरिएको भनिएको गाडी फरक– फरक समयमा रूपन्देही र पाल्पामा फेला पर्नुले लुम्बिनी प्रदेशमा गोरु तस्करहरू खुलेआम रूपमा तस्करीको काम गर्दै आएको अनुमान गर्न त्यति अप्ठेरो नपरेको हो ।

फागुन १ गते प्रहरी चौकी दोभान पाल्पाले गोरु लोड भएको लु २ ख २५५ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । तर गाडी अफीसमा लैजान नसकेको मुख्य राजमार्गमा रोकी राखेको गाडी एकाएक रातीनै गाडीका हेल्परले भगाएका थिए । उक्त गाडी भगाएको आरोपमा दोभान चौकीका प्रमुख जिल्ला तानिएको बुझीएको छ । फागुन २ गते पुन लु १ ख ८३४० नम्बरको ट्रक नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय पठाईदिएको थियो । कपिलबस्तु बाट आएको ट्रक बुटवलमा प्रहरीले समाउने डरले नयाँगाउँ नुवाकोट हँुदै दोभान झरेको पाईएको छ । मंगलबार रूपन्देहीको रामापुर चौकीबाट खटीएको प्रहरी टोलीले २ वटा गोरु लोड गरेको ट्रक समाउन सफल भएको छ रातीमा करीब १० बजेतिर तीब्र गतीमा गुडीरहेको ट्रकलाई रोकेर सोधखोज गर्दा गाडीमा गोरु भएको खुलेको थियो ।

प्रहरीका अनुसार ना ६ ख २६४५ र ना ६ ख २३ ८४ नम्बरको ट्रक रोकी चेकजाँच गर्दा एउटामा १९ र अर्काेमा १९ गरी ३८ वटा गोरु फेला पारेको बताएको छ । गोरु कपिलबस्तुमा लोड गरीएको चालकले प्रहरीलाई बयान दिएको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजय राज पण्डितले गोरुका २ वटा ट्रक नियन्त्रणमा लिएर कारवाहीका लागि भन्सार कार्यालय पठाईएको बताउँछन् । रातीमा गाडी रोकेर चेकजाँच गर्दा गोरु फेला परेको र अबैध ओसारपसारमा भन्सार पठाईएको उनको भनाइ छ । तस्करहरूले भारतिय गोरुलाई नेपालकै नक्कली कागज बनाएर गोरु तस्करी गर्दै आएका छन । स्रोतका अनुसार पछिल्लो समय कपिलबस्तुका नुनु भन्ने एक जना ब्यापारी गोरुको तस्करीमा मुख्य भएको बुझीएको छ ।

राजमार्गमा रहेका प्रहरी प्रमुख देखि जिल्लाका प्रहरी प्रमुखसम्मलाई मोटो रकम दिएर गोरुको लाईन मिलाउने गरेको पाईएको छ । भारतमा गोरु चोरी तस्करी गरेर खुल्ला नाकाको प्रयोग गर्दै नेपाल भित्राउने र नेपालको भएको भन्दै नक्कली कागजपत्र बनाएर पूर्व मेचीपुल हँुदै बंगलादेश लैजाने गरेका छन । बंगलादेशमा गोरु मासु प्रयोजनमा प्रयोग हुने एउटा गोरुको मुल्य २ देखि ४ लाखसम्म पर्ने हुँदा तस्करहरूले गोरु तस्करी आँखा लगाउँदै आएका छन् । भारतमा गोरु एउटा प्रदेशबाट अर्को प्रदेशमा लैजान नपाउने धार्मिक हिसाबले मान्य नहुँदा तस्करहरूले नेपालको सडक प्रयोग गर्दै आएको बताइन्छ ।
रूपन्देहीका प्रहरी प्रमुख रञ्जीत सिंह राठौरले रूपन्देहीको रामपुर कलौनी क्षेत्रबाट प्रहरीले दुई वटा गोरु लोड गरेको ट्रक नियन्त्रणमा लिएर कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?