© २०२३
बर्दघाट, २९ फागुन । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको स्थापना दिवसमा नवलपरासी शाखाले रचनात्मक कार्यक्रम गरि मनाएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपरासीको आयोजनामा मंगलबार पृथ्वीचन्द्र अस्पतालका ५० बढि बिरामीलाई फलफूल तथा जुस वितरण तथा विद्यार्थीहरु बिच लोक दोहोरी गित प्रस्तुति कार्यक्रम समेत गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर किरण पाण्डे र प्रतिष्ठानकी अध्यक्ष श्यामकला भण्डारीले ५० बढि विरामीलाई फलफूल र जुस वितरण गरेको प्रतिष्ठानका कोषाध्यक्ष कृष्ण क्षेत्री (नेपाली मान्छे) ले बताए ।
यसैगरि स्थापना दिवसकै अवसरमा वाक्वाणी माध्यमिक विद्यालय जर्गाहामा अध्ययनरत विद्यार्थीहरु विच लोक दोहोरी गित प्रस्तुत समेत भएको थियो । विद्यार्थीहरुमा लुकेका लोक दोहोरी प्रतिभा प्रष्फुटनलाई उपयोगी हुने गरि कार्यक्रमको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपक रानाले उद्घाटन गर्दै बालबालिकाहरुमा लोक संस्कृति प्रति आर्कषण र संरक्षणमा टेवा पुग्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष श्यामकला भण्डारीले शैक्षिक सामाग्री समेत वितरण गरेकी थिइन । कार्यक्रममा १२ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतिष्ठानमार्फत संस्कृति जगेर्नाको लागि विभिन्न स्थानमा रचनात्मक कार्यक्रमहरु गर्दैै आएको उनले बताईन ।