ट्रेंडिंग:

>> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया

२३औं तिलोत्तमा गोल्डकपः बजेट अभाव कि मैदान ?

तत्कालीन बुटवल नगर पञ्चायतले २०३१ सालमा स्थापना गरेर २०३३ सालदेखि प्रतियोगिता सुरुवात भएको थियो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।
२८ फाल्गुन २०८०, सोमबार
२८ फाल्गुन २०८०, सोमबार

बुटवल, २८ फागुन । मोफसलमा हुने फुटबल प्रतियोगितामध्येमा पुरानोमध्येको एक हो, तिलोत्तमा गोल्ड कप । अखिल नेपाल फुटबल संघ (एन्फा) को क्यालेन्डरमा परेको यो गोल्ड कप बुटवल उपमहानगरपालिका र जिल्ला फुटबल संघको प्रतिष्ठानको विषयमा पर्ने खेलकुदमा पर्दछ । तत्कालीन बुटवल नगर पञ्चायतले २०३१ सालमा स्थापना गरेर २०३३ सालदेखि प्रतियोगिता सुरुवात भएको थियो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ । खेल क्षेत्रमा आर्थिक भाईब्रेट ल्याउन सक्ने सम्भावनाको रूपमा लिईरहेको बेला २३ आंै संस्करणको गोल्डकप भने नहुने पक्कापक्की भएको छ । यसअघि कोभिड संक्रमणकै कारण ३ वर्ष रोकिएको थियो ।

रूपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले करिब १ करोड रूपैयाँ खर्च हुने प्रतियोगिताको लागि स्थायी श्रोत मुख्य बाधक भएको बताए । बुटवल उपमहानगरपालिकाबाट गतवर्ष ३५ लाख रूपैयाँ बिनियोजित गरेकोमा यो वर्ष १० लाख रूपैयाँमात्र राखिँदा प्रतियोगिता संचालनमा केही समस्या आउने अवस्था देखिएको उनले बताए । अर्कोतर्फ धेरै प्रतियोगिताहरू संचालन भएको देविनगरको खेलमैदान स्तरोन्नती गर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘मैदानकै कारण रोक्न बाध्य भएका छौ,’—उनले भने । खेल मैदानको स्तरोन्नती गर्नेतर्फ आफूहरू केन्द्रित भएको उनले बताए । माटो राखेर लेभल बढाउनुपर्ने अवस्था रहेको भन्दै यसका लागि स्थानीय सरकारसँग माग गरेको उनले बताए । ‘पहल थालेका छौं,’—उनले भने । मैदान बनाउन कै लागि माटो मात्र १५ लाख रूपैयाँको लाग्ने प्रारम्भिक अनुमान गरेको भन्दै अघिल्लो वर्ष मैदानमा पाईपलाईन बिस्तार गरिएको उनले बताए । एउटै मैदानमा प्रतियोगिता र अभ्यास खेल गराउँदा पनि छिटो खराब हुने समस्या आईपरेको उनको दाबी छ । ‘अभ्यास मैदान नहुँदा समस्या रहेको छ,’—उनले भने । यो वर्ष ग्याब गरेर अर्कोवर्ष भब्य रूपमा गर्ने उनले बताए ।
यता रूपन्देहीका खेलप्रेमीहरू भने आर्थिक र मैदानको कारण देखाउने बाहाना मात्रै भएको दाबी गर्छन । यो प्रतियोगितालाई जसरी भएपनि निरन्तरता दिनुपर्ने उनीहरू बताउँछन ।

मैदान बनाउने कुरा खासै समस्या नभएको भन्दै यसअघि पनि धेरै पटक मैदान मर्मत गरिएको उनीहरूको दाबी छ । संघको नेतृत्व लिएर मुख्य ३ काममध्ये कुनै पनि हुन नसकेको उनीहरू बताउँछन । तिलोत्तमा गोल्डकप, जिल्ला लिग र एकेडेमी मुख्य काम भएपनि यसतर्फ संघको ध्यान गएको देखिँदैन । रूपन्देही फुटबल संघका पदाधिकारीहरू आफ्नो दायित्वबाट उम्किन बाहानाबाजी गरेको उनीहरूको दाबी छ । बुटवल उपमहानगरपालिकाले आयोजकको बिकल्प खोज्नुपर्ने अवस्था आएको खेलप्रेमीहरू बताउँछन ।

यता बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका संयोजक बोनिन पियाले भने रूपन्देही जिल्ला फुटबल संघ प्रतियोगिता आयोजना गर्न नसक्ने जानकारी गराएको बताउँछन । समय अभाव र खेलमैदानको गुणस्तर खस्किएको हुँदा गर्न कठिनाई भएको संघबाट मौखिक जानकारी पाएको उनले बताए । रूपन्देहीकै गौरबको रूपमा हेरिने प्रतियोगिता रोक्न नहुने पक्षमा आफूहरू रहेको उनले बताए ।

गोल्डकप विजेताको ईतिहास

२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रूपन्देही विजयी भएको थियो भने दोस्रो संस्करणमा बम्बई फर्टिलाईजर मुम्बई भएको थियो । तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब विजयी भयो । चौथो, पाँचौ र छैठौंमा कालिका स्पोर्टिङ क्लबले उपाधि चुमेको थियो । सातौं संस्करण भने जनकपुर चुरोट कारखानाले उपाधि हात पारेको थिए । त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रूपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए । २० औं थ्रिस्टार क्लव काठमाडौं, २१ औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लब र २२ औ संस्करण भने मनाङ मस्याङ्दी क्लबले चुमेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?