© २०२३
लुम्बिनी, २५ फागुन ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाले त्रिशुलीमा भएको बस र्दुघटनाका मृतक परिवारलाई एक लाख राहत दिने भएको छ ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ३ पडरिया बस पार्कबाट फागुन २२ गतेका दिन काठमाडौं जाँदा लु २ ख २१२१ नम्बरको रात्रीकालिन बस धादिङ जिल्लाको त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका नगर कार्यपालिकाको फागुन २४ गतेको बैठकको निर्णय आनुसार लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्थायी बसोबास भएका मृतक परिवारलाई काजक्रिया खर्च स्वरुप जनही १ लाख रुपैयाँ राहत दिइने छ । घाईतेकोहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित मृतक परिवारलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरी बिहीबार १ दिनको लागि नगरपालिकाले सोक विदा दिएको नगर प्रवक्ता इनामुल्लाह फकिर बताए ।