© २०२३
आज फागुन २५ गते अन्तर्राष्ट्रिय महिला दिवस । महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ यो दिवस मनाईदैछ । प्रत्येक बर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । हाम्रो मुलुकमा होस वा अन्य देशमा बिभिन्न किसिमका दिवस मनाउने गरिन्छ । धेरैखाले दिवसभन्दा फरक प्रकृतिको यो दिवसको छुट्टै महत्व रहेको छ । महत्व यो मानेमा होकि बिश्वमा आधाभन्दा धेरै जनसंख्या ओगटेका महिलाका निम्ति यो एउटा पर्व जस्तै बन्दैआएको छ । आजको दिन महिला दिवसका रूपमा मनाइरहँंदा महिलाका बर्षभरिका पिडा र व्यथाहरू पोख्ने पनि गरिन्छ तर दिनभर कमाएर सांँझको छाक टार्ने महिलाहरूका निम्ति यो दिवसले खासै अर्थ राखेको देखिंँदैन । उनीहरूलाई त यो दिवसका बारेमा थाहा पनि हुंदैन । जेहोस महिला दिवस भनेर संसारभरका महिलाले एकैदिन यो दिवस मनाउनु पनि महिलाहरूको ठूलो सम्मान भएको मान्नुपर्छ । आजको दिन महिलाहरूले आफ्नो सफलता प्राप्त गरेको दिन सम्झेर उत्सव मनाउने गर्छन ।
आजको दिनमा महिला दिवस मनाउदै गर्दा अन्तर्राष्ट्रिय रूपमा यो दिवस किन र कहिलेदेखि मनाउन लागियो भनेर थोरै इतिहासतिर फर्किनु पर्नेहुन्छ । समाजवादी महिला संघकी क्लाराजेटकिनले डेनमार्कको राजधानी कोपनहेगनमा मार्चको संघवेशील परम्परालाई स्मरणीय बनाउन १९१० मा भएको अन्र्तराष्ट्रिय सम्मेलनमा आगामी बर्ष सन १९११ देखि विश्वभरी श्रमिक महिला दिवस मनाउने प्रस्ताव पेस गरिन र सो प्रस्तावलाई सम्मेलनले सर्वसम्मतिबाट पारित गरेपछि क्रमशः हरेक बर्ष ८ मार्चको दिन श्रमिक महिला दिवस मनाउने परम्पराले निरन्तरता पाउंँदै आएको छ । हाम्रो देशमा धेरैपछि २०४६ सालदेखि कहिले नारी दिवस कहिले महिला दिवसका नामले यो दिवस मनाउन लागिएको छ । अन्र्तराष्ट्रिय रूपमा महिला दिवस मनाउन लागेको ११४ बर्ष भएको छ । खासमा यसको सुरुवात श्रमिक महिला दिवस भनेर मनाउन लागेको इतिहासमा पढन सकिन्छ । सुरुवाततिर युरोप तथा अमेरिका जस्ता देशमा कलकारखानामा काम गर्ने महिला र पुरुषबीच भएको ज्यालाको असमानता अनि काम गर्ने समयको निर्धारण महिला र पुरुषमा फरक हुनु आदी जस्ता बिषय उठाएर गरिएको बिरोध ¥याली र संघर्षले जुन दिन महिलाको आवाज वुलन्द भएको थियो, त्यसै दिनलाई स्मरण गर्दै यो दिवस मनाइन्छ । हजारौं महिलाको एकमुष्ठ आवाज र संघर्षले उनीहरूको माग पूरा गर्न सफल भएको थियो । उनीहरूको निडर आत्मबल देखेर त्यहांँको शासक झुकेको थियो । सो दिनलाई पर्वका रूपमा लिएर यो दिवस मनाउंँदै आएको पनि अहिले ११४ बर्ष पुगेको छ ।
११४ बर्ष पहिले नै महिलाले यो आवाज उठाउनु ठूलो कुरा थियो । जतिखेर नेपाली महिलालाई पतिको मृत्यु हुनासाथ श्रीमतीलाई पनि पतीको लाससंँगै चितामा जलाउने डरलाग्दो चलन थियो । श्रीमतीसंँगै जल्न नमाने जबरजस्ती चीतामा राखिन्थ्यो र ढुडगाले हानेर पनि मार्ने चलन थियो । त्यतिबेला नेपाली महिलाले यस्तो अबस्था भोगिरहेको बेलामा बिभिन्न देशका महिला भने आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरन्जनको माग राखेर सडकमा उत्रिएका थिए । आफूमाथिको अन्याय अत्याचार, थिचोमिचोको बिरोधस्वरूप आवाज बुलन्द गरेर सडकमा उत्रिनु जुनसुकै देशका महिलाका निम्ति ठूलो कुरा थियो । जेहोस एघारौं दशक पहिले यो हिम्मत बोकेर लडेका महिलालाई सलोट गर्नुपर्छ । अहिले नेपाली महिला जिउंँदै जल्नुपर्दैन । योगमाया जस्ता महिलाको संघर्षले महिलालाई जिउंँदै जल्नबाट मुक्ती दिलाएको छ । तर, यहांँका महिला अहिलेपनि धेरै कुराहरूमा समानताको अबस्थामा पुग्न सकेका छैनन । २००७ सालको राणा शासन फाल्न पुरुष नेतासंँगै सडकमा उत्रेका मंगलादेवी सिंह, शैलजा आचार्य र सहाना प्रधान जस्ता नेतालाई आजको दिनमा सम्झिनुपर्छ । २०४६ सालको आन्दोलनदेखि २०६२, ६३ को जनआन्दोलन सफल पार्न थुप्रै महिलाहरूको महत्वपूर्ण भूमिका रहेको छ । यो मात्र नभएर जनआन्दोलनमा होमिएका कति महिला सहिद बनेका छन र कति महिला अहिले पनि घाइते अबस्थामा छन । मुलुकको परिवर्तनको लागि लडेका महिला घाइते भएर ढल्दा पनि राज्यले कुनै मतलव दिएको छैन यस्का निम्ति अहिलेपनि महिलाहरू फेरी लडनुपर्ने अवस्था छ । मुलुकको परिवर्तनको खातिर महिलाहरू जहिलेपनि सडकमा उत्रिएकै छन । चुनाबी प्रचारहरूमा सबैभन्दा अगाडी महिला नै हिंडने गरेका छन । हरेक आन्दोलनमा ढुड्गामुढा गर्ने र खाने पनि महिला नै हुन्छन तर पद ओगटने र फाइदा लिने बेलामा भने पुरुष नै अगाडी हुने गरेका छन । अहिलेपनि हरेक क्षेत्रमा महिलालाई प्रयोग मात्र गरिन्छ । पद दिने बेलामा र मञ्चमा आशन ग्रहणमा पुरुष नै पर्ने गरेका छन । यी कुरा गरिरहंँदा पुरुषलाई दोष लगाउन खोजेको होइन । महिला भनेका आरक्षणमा मात्र सिमीत हुनुपर्छ भन्ने मान्यता अहिले पनि रहेको छ । हुन त महिलाका आफ्ना आचरणले पनि पछि परेका छन । आंँट नगर्ने, डराउने, सिक्न नखोज्ने जस्ता बानीले पनि महिलालाई पछाडि धकेलेको छ ।
अन्तरपाटी महिला संजालको लामो सघर्षले महिला सहभागितालाई ३३ प्रतिशतमा पु¥याएको छ जसले गर्दा केही महिलाहरू स्थानीय निकाय, प्रदेश सभा र प्रतिनिधि सभामा भाग लिन पुगेका छन । महिलालाई उच्च स्थान दिन कन्जुस्याई गरेपनि महिलाको प्रतिनिधित्व हरेक क्षेत्रमा हुने गरेको छ । बास्तवमा महिलाहरू हरेक क्षेत्रमा पुरुष बराबर काम कर्तव्यमा अगाडी बढेका छन । यो सबै भएपनि निर्णायक र नेतृत्व तहमा महिलाको सहभागिता बढ्न सकेको छैन । अहिलेपनि महिला कमजोर हुन्छन, गर्न सक्दैनन् भन्ने जस्ता सोंचाइमा परिवर्तन हुन सकिराखेको छैन । अहिलेपनि महिलालाई शंका उपशंका गर्ने, कुदृष्टि लगाउने, बिश्वास नगर्ने जस्ता ब्यवहारमा परिवर्तन आउन सकेको छैन ।
आज हामी ११४ औं महिला दिवस मनाउदै गर्दा बिशेषगरि श्रमिक महिलाहरूलाई समेटनु पर्छ । हुन त दिनभर गिटी कुटेर सांझको छाक टार्ने श्रमिक महिलालाई यो दिवसको बारेमा अत्तोपत्तो छैन । यथार्थमा भन्दा ज्यालादारी काम गर्ने महिला श्रमिक अहिलेपनि पुरुष ज्यामी बराबर ज्याला पाउन सकेका छैनन । यसको बारेमा आवाज उठाउन खोजे जस्तो गर्ने बिभिन्न दलका टे«ड युनियन संचालकहरू भाषणमै सिमित छन । युनियन भित्रका महिला नै कानमा तेल हालेर बसेको अवस्था छ । अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउदै गर्दा हुनेखाने र एनजीओ, आइएनजिओबाट बजेट मेसो पारेका महिलाहरूको हातमा यो दिवस पुगेको छ । बास्तविक पीडित श्रमिक महिलाहरूले आवाज बुलन्द गर्न सकिराखेका छैनन । त्यो मात्र होइन पीडित महिलाहरूलाई कहाँं गएर न्याय पाइन्छ भन्नेसम्म थाहा छैन । महिला दिवस वास्तवमा महिला आफूले भोगेका पिडा पोख्ने भन्दा अरूका सुनाउने दिन भएको छ । आगामी दिनहरूमा पीडित महिलाहरूले न्याय पाएका कुराहरू महिला दिवस मनाउंदै गर्दा सुन्न पाइयोस यही कामना ।