ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

सल्यानमा समुदाय लक्षित विशेष अभियान

२२ फाल्गुन २०८०, मंगलवार
२२ फाल्गुन २०८०, मंगलवार

सल्यान, २२ फागुन । सल्यानमा आत्महत्या विरुद्ध समूदाय लक्षित विशेष अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले सञ्चालन गर्ने अभियानको सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरिक्षक लालमणी आचार्यले अभियानको उद्घाटन गरेका हुन् । पछिल्लो समय विकराल रूप लिएको आत्महत्या रोकेर मानिसको जीवन बचाउने उद्देश्यसहित आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक विशेष अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस अभियानलाई सल्यानका दशवटै स्थानीय तहका सबै वडामा लैजाने प्रहरीको लक्ष्य छ ।

अभियान उद्घाटन गर्दै प्रहरी नायव महानिरिक्षक लालमणी आचार्यले यस अभियानले मानिसलाई आफ्नो जीवनको महŒव बुझाउन मद्दत गर्ने र आत्महत्याको बाटो जानबाट मानिसलाई रोक्न सहयोग पुयाउने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी लगायतले बोल्दै जनचेतना वृद्धि गर्दै आत्महत्या रोकथाम गर्नुपर्ने तथा नागरिकको जीवन रक्षाका लागि सबै सरोकारवाला प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक नवीन कार्कीले सल्यानका प्रतिवर्ष औसतमा ५६ जनाले आत्महत्या गर्नेगरेको तथ्यांक प्रस्तुत गरे । आर्थिक वर्ष २०७९/०८० मा सल्यानमा ४५ जनाले आत्महत्या गरेका छन् । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ५३ जना र त्यसको अघिल्लो आर्थिक वर्ष ७१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्यांक छ । चालु आर्थिक वर्षको हालसम्म सल्यानमा ८ जना बालबालिकाले आत्महत्या गरेका छन् । तीन वर्षको अवधिमा आत्महत्या प्रयास गरेका १२७ जना बाँच्न सफल भएका छन् ।

प्रहरी नायव उपरिक्षक कार्कीका अनुसार संख्याको हिसाबले सबैभन्दा बढी शारदा नगरपालिकामा र सबैभन्दा कम सिद्ध कुमाख गाउँपालिकामा आत्महत्याबाट मृत्यु भएको देखिन्छ । यस्तै जनसंख्याको अनुपातमा सबैभन्दा बढी कपुरकोट गाउँपालिका र सबैभन्दा कम बागचौर नगरपालिकामा आत्महत्याका घटना भएका छन् भने महिला भन्दा पुरुषले बढी आत्महत्या गरेको देखिन्छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालयले तयार गरेको डकुमेन्ट्री र नाटक तथा सशस्त्र प्रहरी बल नेपाल अनाश्रीत गुल्म सल्यानको तर्फबाट नृत्य प्रदर्शन गरिएको थियो । आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर सकारात्मक सोचको विकास र काउन्सिलिङ गराउनेतर्फ ध्यान जानुपर्नेमा सहभागिहरूको जोड थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?