© २०२३
बुटवल, १९ फागुन । करिश्मा पोलिक्लिनिक प्रालिले शनिबार बुटवलमा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श दिएको छ । प्रालिको सामाजिक उत्तरदायित्व अन्तरगत शनिबार प्रालि परिसरमा नै ३ सय जनालाई निशुल्क थाईराइड तथा मधुमेह परिक्षणसंगै परामर्श दिएको हो ।
बिरामीहरुको स्वस्थ्य परिक्षणपछि फिजिसियन डा प्रशान्त गुप्ताले आवश्यक परामर्श दिएका थिए ।
यसैगरि भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अजय कुमार आलेले निशुल्क परामर्श दिदै शहरी जिवनशैली, क्यान्सर रोग र यसबाट कसरी बच्ने विषयमा जानकारी दिएका थिए ।
क्लिनिकबाट स्वस्थ्य सेवासंगै सामाजिक उत्तरदायित्व र विपन्नहरुलाई सहुलियतमा सेवा दिदै आएको संचालक अशोक राईले बताए । शहरी जिवनशैलीकै कारण बढ्दो रोगको संक्रमणलाई न्युनिकरण गर्ने गरि सचेतना कार्यक्रमहरुलाई जोड दिएको उनले बताए ।
वार्षिक योजना अनुसार क्लिनिकबाट विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको संचालक शंकर बरालले बताए ।