ट्रेंडिंग:

>> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते

माक्र्सको चिहान क्षेत्रमा एक फन्को लगाउँदा

१७ फाल्गुन २०८०, बिहीबार
१७ फाल्गुन २०८०, बिहीबार

अचानक त्यसदिन जर्मन दार्शनिक माक्र्सको चिहान हेर्न जाने कार्यक्रम बन्यो । अनि पूर्णतया संयोग नै मान्नुपर्दछ कि यस वर्ष नेपाली राजनीतिक दार्शनिक बी पी कोइरालाको जन्म जयन्ती परेको रहेछ । मैले अर्थशास्त्रमा एमए गर्दा एउटा पेपर हुने गथ्र्यो हिस्ट्री अफ इकनोमिक थट् । अनि सबै विद्यार्थीलाई के थाहा थियो भने माक्र्स र माक्र्सवाद माथि एउटा प्रश्न अनिवार्य रूपमा परीक्षामा सोधिन्छ । स्वाभाविक रूपमा विद्यार्थीहरूले त्यो राम्ररी पढ्थे । मैले माक्र्सको जीवनी जुन पाठ्य पुस्तकबाट पढें, त्यो थियो एम सी वैश्यको पुस्तक । अर्को संयोग के भने यस पुस्तकको पहिलो संस्करणमा नै रोयल्टी बापत लेखक र प्रकाशकको ठूलो विवाद भयो जसले गर्दा यसको नयाँ संस्करण बजारमा धेरै समय पाइएन । अर्थशास्त्रका विद्यार्थीलाई जुन नामले सर्वाधिक प्रभावित गर्छ, त्यो निर्विवादरूपमा अर्थशास्त्रको जन्मदाता एडमस्मिथ नै हो । एक नयाँ दर्शनको सुरुवातकर्ता हुन् एडम स्मिथ । तर उच्च अध्ययनमा जुन अर्को नामले प्रभाव पार्छ, त्यो माक्र्स हो, जसलाई राजनीतिक अर्थशास्त्रका प्रवर्तक भनिन्छ ।

यद्यपि माक्र्स आफैं समाजवादका प्रवर्तक भने होइनन् । उनीभन्दा पहिले बेलायतका धनाढ्य व्यापारी रबर्ट ओवेनले सहकार्यमार्फत् समाजवाद सिद्धान्त लागू गरेर आफ्नो उद्योगका कर्मचारीलाई ज्याला र अन्य अनेक सुविधा दिए । यसबाट उनको उद्योगले पनि दिन दुना रात चौगुना उन्नति ग¥यो । श्रमिक पनि सन्तुष्ट बने । फ्रेन्च दार्शनिक प्रूधोंले निजी सम्पत्ति नै सबै सामाजिक खराबीको कारण हो, त्यसैले यो हटाउनु पर्छ भन्ने क्रान्तिकारी विचार दिएका थिए । उनी पुँजीवादका कट्टर विरोधी थिए तर साम्यवादका समर्थक पनि उनी थिएनन् । भनिन्छ– समाजवादीको उपस्थिति पनि उनका लागि असह्य हुने गथ्र्यो । किनभने उनी व्यक्तिगत स्वतन्त्रताका कट्टर समर्थक थिए । रोडबरटस, जसलाई माक्र्सको समयमा उच्चस्तरका समाजवादीको सम्मान प्राप्त थियो, उनले राज्यलाई समाजवादको आधिकारिकता प्रदान गरेका हुन् तर पनि उनी माक्र्स जस्तो छिटो क्रान्ति गरेर समाजवाद लागू गर्ने गराउने कुरामा असहमत थिए ।

हेगेलको दर्शनबाट प्रभावित माक्र्सले आफ्ना विचारमार्फत् आफूभन्दा अगाडिका यी सबै विचारलाई ओझेलमा पारे । फलस्वरूप एउटा सिद्धान्त बन्यो जसलाई अर्थशास्त्रमा माक्र्सवाद भन्ने गरिन्छ । राजनीतिशास्त्रका विद्यार्थीले उनको म्यानिफेस्टोलाई बढी महत्त्व दिन्छन् तर मलाई उनका आर्थिक सिद्धान्तमा बढी रुची छ । तथापि आजको यस लेखमा मैले माक्र्सवादका आर्थिक सिद्धान्तको चर्चा गर्ने छैन । आज मैले एडमस्मिथ पछिका अर्का ठूला अर्थशास्त्रीको रूपमा उनलाई सम्मान व्यक्त गर्न लन्दन हाइगेट चर्चको खोजी गरेको विवरण मात्र उल्लेख गर्नेछु । यसअघि मैले स्कटल्याण्डमा एडमस्मिथको चिहान र स्कटिसले उनलाई दिएको सम्मान देखेको थिएँ । एडनबरोको मुख्य चोकमा स्मिथको ठूलो प्रतिमा उभ्याएर राखिएको छ, सोही प्रतिमाको मुनि उनको चिहान राखिएको छ । अन्यत्र कतै उनको चिहान भएको चर्चा मैले सुनिनँ । माक्र्सको चिहान हाइगेटमा छ भन्ने मैले पढेका थिएँ । त्यो हाइगेट भन्ने ठाउँ कता रहेछ, गुगल सर्च गरे पछि दीपिका र म त्यता लाग्यौं । त्यो एक पवित्र ठाउँ, नाम चलेको चर्च भएको स्थान रहेछ । कुनै समय त्यो लन्दनको मुख्य चिहानघाट रहेछ, नेपालमा देवघाट वा रिडी जस्तो सबै मानिने उनको चिहान त्यहाँ होस् भन्ने चाहना गर्ने पवित्र र धार्मिक ठाउँ । ग्रीनफोर्डबाट त्यो ठाउँ निकै टाढा रहेछ, गाउँमा । चारवटा बस फेर्दै त्यहाँ पुगियो । त्यहाँ वरिपरि पातलो बस्ती र सानो बजार मात्र देखियो । हाइगेट चिहानका दुई भाग रहेछन् पूर्व हाइगेट र पश्चिम हाइगेट । पश्चिम हाइगेटमा अलि बढी चिहान रहेछन्, एक लाख ५३ हजार जति । त्यताको टिकट १८ पाउण्ड पर्दोरहेछ । पूर्वतर्पm त्यसको लगभग आधा चिहान रहेछन् । टिकट १४ पाउण्ड रहेछ । तथापि सबै चिहान हेर्न त दिनभरि नै लाग्छ ।

माक्र्सको चिहान पूर्वतर्फ छ भन्ने थाहा पाएपछि लामो बाटो हिँडेर पूर्व ढोकातर्फ लाग्यौं । बस स्टपबाट ओरालो बाटो हिँडेर लामो चक्कर काट्दै सानो मूल ढोकामा पुग्यौं । सुरक्षा कर्मचारी उभिएको थियो । गेट भित्र छिर्नासाथ माक्र्सको पुस्तक, पैम्फलेट, विभिन्न चित्रहरू राखेको एउटा सानो म्युजियम बनाइएको देखियो । त्यहाँ सिमेट्री प्रवेशको टिकट काट्दा रहेछन् । एकजना अधबैंशे महिला त्यहाँ बसेकी थिइन् । जसले माक्र्सको चिहानका बारेमा छिटो छिटो परिचय दिँदै थिइन । संभवतः उनीहरूले यस टिकटमार्फत् पर्यटक आगमनलाई व्यवस्थित र चिहानलाई सुलभ बनाउन प्रयास गर्दै थिए । तर मेरो अपेक्षा विपरीत त्यहाँ चिहान हेर्ने मानिस एकदमै थोरै थिए, अझ भनौं त्यो चिहानघाट सुनसान थियो । रुख र ससाना विभिन्न जातका बिरुवामा लस्करै चिहान र एकदम सुनसान । सुनसान जंगल जस्तो । सामान्य मनोविज्ञान अनुसार डरलाग्दो । चिहान हेर्ने कुरामा मानिसलाई रुचि नहुनु स्वाभाविक पनि हो । मलाई पनि सबै चिहान हेर्नु थिएन, माक्र्सको स्मारक मात्र हेर्नु थियो । स्मारक चिहानभित्र अलि परै रहेछ । विभिन्नथरीका चिहानहरू पार दीपिका र म हामी दुईजना अगाडि बढ्यौं । साहित्यकार, सैनिक, धनिक, लेखक, कलाकार, दार्शनिक अनेक थरीका मानिसहरू त्यहाँ सुतेका थिए । सबैले आफ्नो धार्मिक परम्परा अनुसार, क्रस, म्याडोना, एन्जिल आदि विभिन्न पवित्रचिन्ह बनाइएका थिए । लेखक, दार्शनिक, नाविकका चिहानहरूमा बडो घतलाग्दा उद्धरण थिए । यी हेर्दै, पढ्दै आनन्द लिँदै अगाडि दोबाटोमा माक्र्सको स्मारक देखाप¥यो । वरिपरिका पुराना चिहानको ठाउँमा त्यो चिहान भर्खर पुनरुद्धार गरेको देख्न सकिन्छ ।
माक्र्सका चिहान वरिपरि ठुल्ठूला क्रसहरू सजिएका थिए । यो ठाउँ क्रिस्तानको पवित्र ठाउँमध्ये एक हो । धर्मान्तरण नगरेको भए उनको चिहान कुनै सिनागगमा हुन्थ्यो होला किनभने उनको पारिवारिक धर्म यहुदी हो । उनको पिताले धर्मान्तरण गरेर क्रिस्तान बनेका थिए । अधिकांश पुरुषका चिहानहरू उनका श्रीमती वा छोराछोरीले श्रद्धापूर्वक बनाएको भन्ने कुरा उल्लेख गरेको थियो । तर, माक्र्सको चिहान बनाउन पारिवारिक मित्र फ्रेडरिक एंगेल्सले सहयोग गरेका थिए । उनकी पत्नीको मृत्यु दुईवर्ष अगाडि भइसकेको थियो । उनका साना बच्चा, नातिनी, छोरीहरू पनि सोही ठाउँमा राखिएका थिए । माक्र्सको चिहान पनि त्यही ठाउँमा सँगै बनाएर पूरै परिवारको नाम त्यस स्मारकमा उल्लेख गरिएको छ । माक्र्सको चिहानको पुनरुद्धार गरी माक्र्सको अनुहार कुँदेर राखिएको छ । स्तम्भमा उनका दुई उक्तिहरू उल्लेख गरिएको छ । पहिलो भनाई कम्युनिष्ट मेनिफेस्टोबाट लिइएको छ– विश्वका श्रमिकहरू एकजुट होउँ । कम्युनिष्ट मेनुफेस्टो माक्र्सले एंगेल्सका साथमा मिलेर लेखेको बताइन्छ । अर्को भनाई उनले पीएचडी गर्दाको शोध विषय रोमन संस्कृति पुस्तकबाट लिइएको छ– दार्शनिक र चिन्तकहरूले अलग अलग तरीकाले संसारको व्याख्या र वर्णन गरेका छन् तर खास कुरा यसलाई कसरी बदलने भन्ने हो । माक्र्सकी पत्नी जर्मन थिएटरकी लेखिका तथा राजनीतिक कार्यकर्ता थिइन् । उनको परिवारको जर्मन राजनीतिमा राम्रो प्रभाव थियो । दुवैजना एउटै गाउँमा सँगै हुर्केका थिए, सँगै स्कूलमा पढे । दुवैले धर्माचार्य हुनका लागि उच्च शिक्षामा धर्मशास्त्र लिएका थिए तर दुवै धर्माचार्य हुन पाएनन् । दुवैमा प्रेम अनि विवाह भयो । धनी परिवारकी जेनीले हरेक सुखदुःखमा माक्र्सलाई साथ दिएकी थिइन् । उनी सुन्दर पनि थिइन् र सुशील पनि । जसले माक्र्सका सातवटा बच्चालाई जन्म दिएकी थिइन् ।

उनको क्रान्तिकारी लेखनबाट जर्मन सरकार उनीसँग अप्रसन्न थियो । फलस्वरूप जर्मनबाट भागेर उनी केही समय फ्रान्स बसे । फ्रान्सले पनि बस्न नदिएपछि उनी बेल्जियम पुगे । त्यहाँबाट पुनः फ्रान्स आए तर त्यहाँ बस्न नपाएकोले लन्दनमा निर्वासित जीवन बिताए । पलायनको सो क्रममा उनले जेनीको साथ पाइरहे । आमाले दिएका गहना बेचेर जेनीले घर खर्च चलाइन् । माक्र्सका सन्तानहरू पालिन् हुर्काइन् । घरको सबै सम्पत्ति सकिएपछि लन्दनका उद्योगपति एंगेल्सले उनको जीवन निर्वाहका लागि सहयोग गरे । एंगेल्स माक्र्सको एउटा लेख पढेर उनीसँग प्रभावित बनेका थिए । उनको बसाईंको नजिक रहेको लन्दन म्युजियम पुस्तकालयका सबै पुस्तक पढेर उनले एउटा महत्त्वपूर्ण थिसीस लेखे जसमा उनले अतिरिक्त मूल्यको सिद्धान्तको ऐतिहासिक दृष्टिले पुष्टि गरे । पुस्तकको नाम उनले राखेका थिए पुँजी, दक्यापिटल । पुस्तक मूल रूपमा उनको मातृभाषा जर्मनमा लेखिएको थियो । यसको पहिलो अनुवाद फ्रेन्चमा भएको थियो । त्यसपछि मात्र अंग्रेजीमा अनुवाद भयो ।
यद्यपि माक्र्सको यो सिद्धान्त एडमस्मिथ र रिकार्डोका सिद्धान्तमा आधारित थियो तर त्यसमा गरिएको गहन रिसर्चले त्यसलाई मौलिक माक्र्सवादी सिद्धान्त बनायो । अर्थशास्त्रमा यस पुस्तकका भनाईलाई माक्र्सवाद भनेरै चिनिन्छ । अन्य खासखास, सायद परिचित, नातेदारका, चिहान हेर्ने आधा दर्जन महिलाहरू मात्र त्यस विशाल चिहानघाटमा टाढा टाढाका चिहानमा उभिएका थिए । सितम्बरको १० तारीख, २०२३ (भदौ २४ वि.सं.२०८०) को दिउँसोको समयमा पनि रातीको जस्तो सुनसान थियो त्यो चिहानघारी ।

माक्र्सको चिहानमा केही ताजा बासी पूmल राखिएका थिए । त्यसमध्ये आजका कति छन् र हिजो अस्तिका कति होलान् मैले अनुमान गर्न सकिन तर म करीब एकघण्टा त्यस चिहानमा रहँदा अरू कोही मानिस त्यस चिहानमा आएको मैलै देखिनँ । म दिउँसो करिब एक बजे पुगेको थिएँ । एकजना चिलीका पर्यटक वरिपरि घुम्दै थिए । मलाई माक्र्सको चिहानमा उभिएर फोटो खिचेको देखेर मेरो नजिक आए । फोटो खिच्न सहयोग गरे । आफू भारत झारखण्डबाट यता घुम्न आएको बताए । उनकी श्रीमती झारखण्डकी हुन् भन्ने थाहा पाइयो । मैले त्यस चिहानमा कत्तिको मानिस आउँछन् भनेर सोधें । उनले भने– कहिलेकाहीं आउँछन् । म नजिकै भएकोले कहिलेकाहीं यता घुम्न आउँछु । त्यसैले एकीन साथ भन्न सक्दिनँ । यसबाहेक आफूले त्यहाँ कुनै युनिवर्सिटीमा अध्ययन गरिरहेको जानकारी दिए । मैले जानकारीका लागि आभार व्यक्त गरें । अनि फर्किएँ । स्कटिश चिन्तकहरूलाई जति सम्मान स्कटल्याण्डमा गरिएको छ, त्यति सम्मान लन्दनमा दार्शनिकलाई गरिएको छैन भन्ने हो भने न्युटन, शेक्सपियर आदिको चिहान वेस्टमिन्स्टर एबे जस्तो पवित्र ठाउँमा राखिएको छ । माक्र्स सम्भवतः निर्वासित व्यक्ति भएको र सो समयमा उनी इंग्ल्याण्डका नागरिक नभएकोले एडमस्मिथ जतिको सम्मान नपाएको होला भन्ने अनुमान गरें । विश्वको दार्शनिक चिन्तनमा जुन स्थान माक्र्सको छ, त्यसदृष्टिले त्यो चिहानमा उनले सम्मान पाएको भन्न सकिने ठाउँ मैले देखिनँ । यी सबै कुरा सो भ्रमणपछि मैले सामाजिक संजालमा पोष्ट गरिसकेको छु । त्यहाँ लेखेको एउटा वाक्य पुनः उद्धृत गर्दछु– हाइगेट पूर्वको यस सुनसान चिहानघाटमा ५३ हजार मानिसहरूका साथमा एक यस्तो मानिस आफ्नो सम्पूर्ण परिवारका साथमा आरामले सुतिरहेको छ, जसका विचारले विश्वका अरबौं मानिस बेचैन र विद्रोही बने । नास्तिक मानिने यस विचारक वरिपरि धार्मिक चिन्हको भीड देख्न सकिन्छ । मैले देखे अनुसार माक्र्सको जीवनमा शान्तिका पक्ष केवल तीनवटा छन् । पहिलो हाइगेटको चिहान, दोस्रो ब्रिटिश म्युजियम पुस्तकालय र तेस्रो पत्नी जेनीको साथ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission