© २०२३
चन्द्रौटा (कपिलवस्तु), १६ फागुन । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । यहि फागुन १६ गते हुने अधिवेशनमा वर्तमान अध्यक्ष गंगेशनाथ तिवारी र राजेन्द्र कुमार यादव (राम कुमार यादव) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । साझेदारी वनका संस्थापक अध्यक्ष समेत रहेका तिवारीले अघिल्लो कार्यकालमा गरेका उत्कृष्ट कामलाई निरन्तरता दिँदै आउने वर्षमा जनतालाई प्रत्यक्ष फाइदा हुने खालका कार्यक्रम लागु गर्ने बताए । उनका अनुसार ‘बजारमा ५ देखि ६ हजार प्रति क्यु फिटमा ए ग्रेडको सालको चिरान पाइन्छ । आधा भन्दा कम मूल्य पर्नेगरी वितरण गर्ने योजना रहेको छ । त्यसका लागि चिरान मिल स्थापना भएको छ । अध्यक्ष तिवारीले भने : “पछिल्लो कार्यकालको समिक्षा गर्दै उपभोक्ताको हितमा सधैँ काम गर्ने पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु ।“ पछिल्लो कार्यकालमा १६५ हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाएको २ सय हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरेको, प्रत्येक वर्ष १ लाख बिरुवा नर्सरीमा उत्पादन लगायत सराहनीय कार्य गरेको आधार रहेकोले जित सुनिश्चित रहेको तिवारीले जिकिर गरे ।
यता यादव आफू नयाँ अनुहार भएपनि जित हुने दावी गरेका छन । “जनताको माग पूरा गर्न आफू चुनाव लडने योजना बनाएको छु“ : उनले भने । सामाजिक क्रियाकलापमा सक्रिय रहेकोले चुनाव जित्ने दाबी गरे । साझेदारी वनको बडेगावमा लागेको सःमिल त्यहाँबाट अन्त सार्ने उनको भनाइ छ ।जिल्ला साझेदारी वनका अध्यक्ष समेत रहेको गंगेश तिवारी प्रभावशाली नेताको रूपमा आफ्नो परिचय बनाएका छन् । भने यादवलाई नयाँ अनुहार हुन् । निर्वाचनमा कडा प्रतिस्पर्धा रहेको पनि तिवारी जित्ने निश्चित रहेको एक सदस्यले भने ।
अध्यक्ष तिवारी नेकपा एमालेका नेता हुन भने यादव नेपाली कांग्रेस निकट रहेका छन । १७ हजार बढी उपभोक्ता रहेको वन २०६७ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भई काम सुरु भएको थियो । अतिक्रमण हटाउन उत्कृष्ट काम गरेकोले नेपाल सरकारबाट सम्मानित समेत भएको थियो । कपिलवस्तु र अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ११ गरी ५ स्थानीय तहका २२ वडा समेटिएका छन । १५४ जना प्रतिनिधिबाट अधिवेशनमा मतदान हुनेछ । वन क्षेत्र ५ हजार ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।