© २०२३
बुटवल, १४ फागुन । बुटवलमा रहेका नेवार समुदायको संस्कार संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ नेवा भोज गरिएको छ । तिलोत्तमा नेवा मैजुको आयोजनामा सोमबार गोलपार्कस्थित दुर्गा मन्दिर परिसरमा नेवा भोज कार्यक्रम गरिएको हो । मैजुका अध्यक्ष मिलन श्रेष्ठले नेवारी संस्कार संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको बताईन । नया पुस्तामा नेवारी खानपिन, भाषा, संस्कृतिको बारेमा चिनारी गर्न कार्यक्रम प्रभावकारी हुने उनले बताईन ।
‘यो पटक पाचौ पटक कार्यक्रम गरेका छौ ।’—उनले भने । करिब १९ परिकारहरु समेटेर नेवारी खाना पस्कन लागेको उनले बताईन । नेवारहरु बिच जाडो सकिएसंगै यस्ता परिकार खाना स्वस्थ्यका हिसाबले पनि निक्कै फलदायी हुने उनले बताईन । प्रत्येक वर्षको निरन्तर कार्यक्रम गर्दै आएको उनले बताईन ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समुद्घाटन गर्दै नेपाल सबै जातजातीको फुलबारी भएको बताईन । नेवार जातीहरु संस्कार, संस्कृतिमा धनि र नेपालकै गौरवका रुपमा भएको बताईन । नया पुस्तालाई नेवारी भाषा, संस्कार, संस्कृति चिनाउन यहाका संघसंस्थाहरुको पहल महत्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकालले आफनो वडामा नेवारहरुको धेरै बसोबासी रहेको बताए ।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार आनन्द भगत श्रेष्ठले नेवार महिलाहरु संस्थागत भई आफ्नो भाषा, संस्कार, संस्कृति संरक्षणका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उनले बताए । सामाजिक कार्यमा समेत विविध कार्यक्रम गर्दै आएको उनले बताए । मैजुका महासचिव सुनिता श्रेष्ठले करीब ५ सय जनाले भोजमा सहभागी भएको बताईन । महिलाहरु संगठित भई खोलिएको संस्थामा १ सय ३६ जना सदस्यहरु छन ।