© २०२३
बुटवल १४ फागुन।
नेशनल मल्टिस्पेसियालिटी क्लिनिकले आफनो स्थापना दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । क्लिनिकको चौथो वर्ष प्रवेशको अवसरमा शुक्रबार गरिएको शिविरमा थाइरोइड, मधुमेह, मृगौला तथा हेपाटाइटिस बि को परिक्षण गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तरगत १ हजार जनाको जाच निशुल्क गरेको क्लिनिकका प्रबन्ध निर्देशक लक्ष्मण घिमिरेले बताए । शहरी जीवनशैलीका कारण मानिसहरुमा स्वास्थ्य समस्याहरु बढिरहेको भन्दै नियमित जाच गर्ने बानी बसाउने गरि सचेतनामुलक कार्यक्रम गरिएको उनले बताए ।
यसैगरि डा कृष्ण कुमार अग्रवालले परिक्षणको रिर्पोटको आधारमा आवश्यक परामर्श समेत दिएका थिए ।