© २०२३
बुटवल, १३ फागुन । रुपन्देहीमा रहेका विभिन्न क्लबहरुमा आवद्ध साईक्लिष्टहरुको निशुल्क स्वस्थ्य परिक्षण गरिएको छ । केन डाईबेटिज एण्ड थाईरोईड सेन्टरको प्राविधिक सहयोग र बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शनिबार स्वस्थ्य परिक्षण तथा सचेतना कार्यक्रम गरिएको हो ।
तिलोत्तमानगरमा स्थित सेन्टरमा रगत र पिसाबबाट नमुना संकलन गरि परिक्षण गरिएको सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले बताए । शहरी जीवनशैलीमा रहेका मानिसहरुमा देखिने युरिक एसिड, सुगर, कोलेस्ट्रोल, लिभरको टेष्ट, मुटुबारेमा परिक्षण गरि दुई दिनसम्म रिर्पोट र आवश्यक परामर्श दिईने उनले बताए । सेन्टरमा २ दशकदेखि मधुमेह र थाईराईडको बैज्ञानिक र ब्यवहारिक उपचार सेवा दिदै आएको उनले बताए । ‘धेरै बिरामी निको पारेका छौ ।’— उनले भने । सहि चिकित्सक,सहि उपचार, सहि परामर्श र सहि ब्यवस्थापनबाट रोग निदान हुने उनको तर्क छ । मधुमेहका बिरामीहरुमा अधिकासमा मृगौला, आँखा लगायतमा समस्या आउने भएकाले पनि नियमित ६–६ महिनामा परिक्षण अनिवार्य हुने केन सेन्टरका अध्यक्ष कक्षपतिले बताए ।
स्वस्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तरगत निशुल्क परिक्षणका कार्यक्रमहरुलाई जोड दिदै आएको उनले बताए । यसअघि भएको आँखा शिविरमा ३० जनाको निशुल्क आँखा परिक्षण गरिएकोमा २ जना मोतिबिन्दु र २ जनामा सुगरको कारण आँखा खराब भेटिएको थियो ।