© २०२३
लमही, १० फागुन ।
लमही नगरपालिकाले लमही बसपार्क आसपास अव्यवस्थित रुपमा ब्यापार व्यवसाय गर्दै आएका ब्यापारिक टहरा हटाउन सुरु गरेको छ । बिहीवार बसपार्क आसपासका करिब ३ दर्जन टहरा तथा ठेला हटाइएको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले बताए । वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय र नगर प्रहरीको सहयोगमा उक्त टहरा तथा ठेला ब्यापारीलाई हटाइएको हो ।
बसपार्क लाइनै अस्तव्यस्त हुने गरी दैनिक रुपमा टहरा बनाएर ब्यापार गर्नेको संख्या बढ्न थालेपछि बाध्य भएर भत्काउन लागेको नगरपालिकाका मेयर चौधरी बताउँछन् । यता २ दशकदेखि टहरा बनाइ ब्यापार गर्दै आएका ब्यापारीहरु भने जनताले गरिखान नदिएको गुनासो गरेका छ । उता टहरा भत्काए पनि विकल्पमा लमही नगर विकास समितिको सोही बसपार्कमा बनाएको व्यावसायिक भवनका सटरमा ब्यापार गर्न बैकल्पिक ब्यवस्थापन गरेको पनि समिति अध्यक्ष तथा लमही नगरपालिकाका मेयर चौधरीले बताए ।
तर पीडित ब्यापारीहरु भने अत्यधिक महँगो भाडा भएका कारण तिर्न नसक्ने बताए । लमही– कि मनमाया कुमाल २० वर्षदेखि बसपार्क रात्रीकालिन ब्यापार गरी जिविका चलाएको बताउँदै नगरपालिकाले गरिबको मुखमा लात हानेको बताउँछिन् । “म एकल महिला हँु अब कसरी कहाँ ब्यापार गरुँ, नगर विकासको भवनमा रहेका सटर हाम्रो पहुँचले भ्याउँदैन, सुरुमा १ लाख धरौटी र मासिक १५ हजार भाडा तिर्न सक्ने हैसियत छैन ।” उनी जस्तै धेरै रातभर ब्यापार गरी जिविका चलाएको बताउँदै मुस्किलले गुजारा चलाएको भन्दै ब्यापारी सटरमा भाडा तिर्न नसक्ने बताए । लमही नगर विकास समितिले बसपार्क आसपास झण्डै एक सय हराहारिमा व्यावसायिक सटरहरु निर्माण गरी भाडामा लगाउँदै आएको छ । केही भवन निर्माणाधीन अवस्थामामा रहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी