© २०२३
बुटवल, १० फागुन । बाके राष्ट्रिय निकुन्ज प्रवेश गरि चोरी शिकारीमा प्रयोग भएको अवैध हतियार बरामद भएको छ । नेपाली सेना तथा निकुन्ज कार्यालयका कर्मचारीसहितको संयुक्त पट्रोलले राप्ती सोनारी गाउपालिका वडा नं १ स्थित राजकोट ईलाकामा अवैध रुपमा बाके राष्ट्रिय निकुन्ज प्रवेश गरि चोरी शिकारी कार्यमा संलग्न ब्यक्तिहरुबाट प्रयोग भएको अवैध हतियार बरामद गरेको हो ।
निकुन्जमा लुकीछिपी २ राउण्ड गोली फायर गरेपछि प्रतिकारमा पट्रोल टोलीले ४ राउण्ड जवाफी फायर गरेको र सो पश्चातको खोजतलासमा १२ बोर हतियार १ नाल, भरुवा बन्दुक १ नाल, उक्त हतियारहरुमा प्रयोग हुने गोली तथा बन्दोबस्तीका सामानहरु फेला परेको सेनाले जनाएको छ ।