© २०२३
बुटवल, २ फागुन । शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको बुटवलको स्कलर्स होम स्कुलमा श्रीपञ्चमी तथा सरस्वती पूजामा विशेष कार्यक्रम गरि मनाईएको छ । विद्यालयका विद्यार्थी, शिक्षकशिक्षिका र अभिभावक समेत सरस्वती आराधना पूजामा सहभागी रहेका थिए ।
कार्यक्रममा विश्वविद्यालयका डिन उकेशराज भुजु, पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा साथै वित्तीय क्षेत्रका सफल व्यक्तित्व बाबुकाजी शाक्यले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा विश्वविद्यालयका डिन उकेशराज भुजुले नेपालको शैक्षिक शाख जोगाउन नीजि विद्यालयहरुको योगदानको चर्चा गरेका थिए । आजको दिनलाई अक्षर प्रारम्भको दिन मानिने हुदा नया भर्ना भएका विद्यार्थीहरुलाई भर्नाका साथै अक्षरआरम्भ गरि मनाइएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए । यसैगरि विद्यालमा भएको खेलकुद सप्ताहमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा उत्कृष्ट शिक्षकलाई सम्मान समेत गरिएको उनले बताए । यो वर्ष शिक्षिका सृजना गौतम र कर्मचारी दिपेस (जिरे) सबैभन्दा बढी निमित्त आउने कर्मचारीको रुपमा सम्मानित गरिएको थियो ।
कार्यक्रममा करिब एघार सय विद्यार्थीहरुको विद्याकी देवी सरस्वतीको पूजामा सहभागी तथा विभिन्न सांस्कृतिक कार्यक्रममा रमाएका थिए । ज्ञान अनुशासन र मानवतालाई आत्मसात गर्दै विद्यालयमा यसअघि ३२ औँ वार्षिकोत्सव समेत गरिसकेको विद्यालयका राजु भण्डारीले बताए ।