© २०२३
सल्यान, २९ माघ । ग्रामीण बस्ती सम्म नै पशु स्वास्थ्य सेवाको पहुँच पुयाउने लक्ष्य सहित सल्यानको त्रिवेणि गाउँपालिकाले वडा स्तरमै पशु स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । यहि क्रममा सोमबार वडा नम्बर १ को गुनाफालामा एक दिने शिविर सम्पन्न भएको छ । उक्त शिविरबाट ११२ जना पशुपालक किसानका दुई हजार तीन सय बढी पशु चौपायाले सेवा प्राप्त गरेको त्रिवेणि गाउँपालिकाको पशु विकास शाखाले जनाएको छ ।
शिविरमा १६० गाई गोरु, १५ भैंसी, १०४७ बाख्रा, १०६१ कुखुरा र ५ जीउ बंगुरलाइ उपचार तथा औषधि वितरण गरिएको ओअशु विकास शाखा प्रमुख बसन्त रावतले जानकारी दिए । उनका अनुसार २६ कुकुरलाइ रेविज विरुद्धको खोप दिइएको थियो भने ४ बोकाको बन्ध्याकरण गरिएको थियो । एकै दिन वडा नम्बर १ को पशु स्वास्थ्य शिविरमा दुई हजार ३१८ पशु चौपायालाइ चेकजाँच, उपचार, बन्ध्याकरण तथा खोप सेवा प्रदान गरिएको रावतको भनाइ छ ।
शिविर संचालनको क्रममा बोल्दै त्रिवेणि गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले ग्रामीण भेगका कृषकका लागि यस्ता कार्यक्रमले पशुपालनमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । स्वास्थ्य शिविरबाट लाभान्वित स्थानीयले पशुपालनबारे नजानेका धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिएका थिए ।