© २०२३
बुटवल, २८ माघ। स्व.रवि गौतमको स्मृतिमा आईतबार चौराह अस्पताल प्रालिमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । स्वस्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वमा अग्रसर रहेको हस्पिटलले रक्तदान कार्यक्रममा अस्पताका न्युरोसर्जन डा केआई सिह केसी, अर्थोपेडिकसर्जन डा मदन ज्ञवाली अर्का अर्थोपेडिकसर्जन सुनिल चौधरी, सर्जन मन्जिल मल्ल, डा सिद्धार्थ आले, डा.करण थापाले सामुहिक रुपमा रक्तदान गरे ।
स्वर्गिय गौतम प्रशासन फाटमा कार्यरत रहेको र बिसं २०७७ माघ २८ गते दुर्घटनामा ज्यान गुमाएको अस्पतालका सुचना अधिकारी जनक कुवरले बताए । उनको स्मृतिमा रक्तदान कार्यक्रम गरिदै आएको उनले बताए ।
स्वर्गिय गौतमकी धर्मपत्नी मिना अर्याल गौतमले समेत रक्तदान गरिन । सामाजिक कार्य र त्यो पनि आफनो श्रीमानको स्मृतिमा राखिएको पुण्य कार्यमा सहभागी हुन पाउदा निक्कै खुशी लागेको उनले बताईन ।
विभिन्न रक्त समुहको अभाव पुरा गर्न रक्तदान कार्यक्रम फलदायी हुने नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय महासचिव तथा रुपन्देही अध्यक्ष अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताउछन । उनि रक्तदान कार्यक्रममा स्वयंसेवी रुपमा पुग्ने गर्दछन । रगतको मागलाई जन्मदिन, स्टार्ट १८, विभिन्न शुभकार्यहरुमा रक्तदान गर्ने जस्ता अभियानबाट पुरा गर्न मद्यत मिलेको उनले बताए ।
नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्रका प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५५ युनिट रगत संकलन भएको अस्पतालका प्रशासन प्रमुख सन्तोष गुप्ताले बताए ।