ट्रेंडिंग:

>> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ?

नारायणगढ –बुटवल सडक, म्याद सकिन ५ महिना रहँदा आधा पोल सार्न बाँकी

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

सुनवल, २७ माघ । नारायणगढ बुटवल सडक विस्तारका लागि थपिएको म्याद सकिन ५ महिनाको मात्र अवधि बाँकी छ, तर सडकका दुवै तर्फ रहेका पोल सार्न ढिलाई हँुदा काममा अवरोध सृजना भएको छ । कामले तिव्रता लिएको दाबी भईरहँदा आयोजनाको पश्चिम खण्डमा अझै ६४ प्रतिशत विद्युतका पोल सार्न बाँकी छ । अहिले सहरी क्षेत्रलाई केन्द्रित गरेर धामधम काम भईरहेपनि विद्युतका पोलकै कारण ठाउँ ठाउँमा काममा अवरोध सृजना भएको छ ।

आयोजनाका पश्चिम खण्डका योजना प्रमुख शंशाक मिश्रले विद्युतका पोल नै अहिलेको कामको मुख्य चुनौतीको रूपमा खडा भएको बताए । मिश्रले जम्मा ३६ प्रतिशत पोल मात्र पश्चिम खण्डमा सारेर सकिएको बताउदै अझै ६४ प्रतिशत पोल सार्न बाँकी रहेको बताए ।
पोल सार्ने जिम्मा स्वयम ठेकेदारको हो, ठेकेदार चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ्ग कर्पोरेशनले नेपाली ठेकेदारलाई पोल सार्न जिम्मा दिएको छ तर नेपाली ठेकेदारले समयमै भुक्तानी नभएको भन्दै काममा ढिलाई गर्दा सडक कालोपत्र गर्न सुरु भईसक्दा समेत पोल सार्ने काम पुरा हुन नसकेको हो ।

सुनवल, देवदह लगायतका मुख्य बजार क्षेत्रमै पोल सार्न बाँकि हुदा माटो फिलिङ्गको काममा ढिलाई भएको छ । विद्युत प्राधिकरणले फागुन मसान्त सम्ममै पोल सार्ने काम सक्न भनेको मिश्रले बताए । गर्मिमौसम सुरु हुने भएकाले लाईन् काटन समस्या हुने भन्दै प्राधिकरणले एक महिना भित्र काम सक्न भनेको छ, मिश्रले भने । अहिले स्थानिय ठेकेदारलाई चाईना स्टेटले भुक्तानी गरिसकेकाले अब धमाधम काम सुरु हुने मिश्रले बताए ।

उद्योग वाणिज्य संघ सुनवलका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले सडकमा हाल सम्म पोल समेत सार्न नसक्ने ठेकेदारले कसरी काम पुरा गर्ला भनेर पत्याने, अझै दुई वर्ष समय दिएपनि काम सक्न कठिन रहेको बताए । ‘माटो भर्दे आएको छ, बिचमै पोल पर्छ अनि काममा अवरोध हुन्छ, फेरि अर्को ठाँउमा काम सुरु हुन्छ त्यहा पनि त्यहि हालत हुन्छ अनि क्रमैसँग कामनै भएको छैन्, खरेलले भने ।’

बहुपक्षीय दातृ संस्था एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा ११३ किलोमिटर लामो यो आयोजना सम्पन्न नहँुदा सडक क्षेत्रका बासिन्दा र यात्रुले अतिनै सास्ती खेप्न बाध्य छन् । ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो । ६० महिना सकिँदा पनि समग्र प्रगति भने ४५ प्रतिशत पनि भएको छैन ।

आयोजनाको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर यो ठेक्का अघि बढाइएको छ । हालसम्म पुर्वि खण्डको भौतिक प्रगति ४६.१३ प्रतिशत र पश्चिम खण्डको भौतिक प्रगति ४२.४६ प्रतिशत मात्रै भएको छ । अहिले धमाधम बेस तयार गर्ने र कालोपत्र गर्ने काम पनि भईरहेको छ । दुवै खण्डमा ठुला पुलको आधा बढि निर्माण काम बाँकि नै छ । गत वर्ष थपिएको म्यादको आधारमा २०८१ साउन ६ गतेसम्मको आयोजनाको म्याद रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?