ट्रेंडिंग:

>> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया

बुटवल मेयर कप फुटबल सुरु

२५ माघ २०८०, बिहीबार
२५ माघ २०८०, बिहीबार

बुटवल, २५ माघ । बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । बिहीबार बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा नगर प्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख पाण्डेयले नगरभित्रका विद्यालयहरूलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए । उनले यस्ता प्रतियोगिताले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सघाउ पु¥याउने र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुनसक्ने खेलाडी तयार हुनेमा विश्वास व्यक्त गरे ।

प्रमुख पाण्डेयले विद्यालयस्तरमा रहेका प्रतिभा बाहिर ल्याउनकै लागि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गर्न लागेको र अन्य विधामा पनि विद्यार्थीहरूलाई अब्बल बनाउन नगरले लगानी गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विद्यालयतहमा हुने यस्ता प्रतियोगिताले विद्यार्थीलाई सबल बनाउने र खेलाडी उत्पादनमा विशेष भूमिका निर्वाह गर्ने बताइन् । उनले सबै विद्यालयहरूलाई अनुसासित र मर्यादित तरिकाले खेलमा सहभागी हुनका लागि आग्रह गरिन् ।
बिहीबारदेखि शुरु भएको प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए । उनले आगामी वर्ष प्रशिक्षक र रेफ्री उत्पादनमा समेत विशेष चासो दिने र खेलमैदानहरूको स्तरोन्तति र निर्माण गर्नेतर्फ चासो दिएको बताए ।

प्रतियोगिताअन्तरगत एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उद्घाटन खेलमा न्यु होराइजन माविले तिलोत्तमा माविलाई २–० गोल अन्तरले हराएको छ । यस्तै बिहीबार नै अक्सफोर्ड मावि र त्रिभुवन युनाइटेडका बीचमा भएको खेल बराबरी भएपछि ट्राइब्रेकरमा अक्सफोर्ड माविले ४–३ को गोलअन्तरले जित हासिल गरेको छ ।

यस्तै, कालिका मानवज्ञान मावि र बुटवल माविका बीचमा भएको खेलमा कालिका मानवज्ञान माविले शुन्यका विरुद्ध २ गोल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तैगरी बुटवल १३ को जबइ खेल मैदानमा भएको प्रतियोगितामा सरस्वती माविले ज्ञानपुञ्ज माविलाई २–० गोल अन्तरले हराएको छ । यस्तै अर्को खेलमा नवीन औद्योगिक माविले बुटवल ग्लोरीलाई ३–० गोल अन्तरले पराजित गरेको म्याच कमिस्नर हरि प्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुन पाउने नियम छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?