ट्रेंडिंग:

>> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय

बाँदर धपाउन किसानलाई गुलेली र मटेंग्रा

२५ माघ २०८०, बिहीबार
२५ माघ २०८०, बिहीबार

पाल्पा, २५ माघ ।

गुल्मीको रुरु क्षेत्र गाउँपालिका –२ ग्वादीका ८१ वर्षीय चन्द्रमणि बराल बिहिबार गुलेली र मटेंग्रा पाएपछि खुसी देखिन्थे । गाउँमा बाँदर आतंक बढेपछि नेपाली काँग्रेस गुल्मीले ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम टोल’, अभियान अन्तर्गत समुदायमा काँग्रेस अभियानको क्रममा गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेपछि बराल उत्साहित भएका हुन् ।

काँग्रेसले उनी जस्तै ग्वादीका बाँदरपीडित किसानलाई गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेको छ । बाँदर आतंकबाट आफुुहरु आजित बनेका बेला काँग्रेस नेताहरु घरमै आएर गुलेली र मटेंग्रा दिएको भन्दै स्थानीयले खुुसी व्यक्त गरे ।

बिहिबार नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले समुुदायमै पुुगेर किसानहरुलाई गुलेली र मटेंग्रा वितरण गरेका हुन् । उनले किसानहरुको मागलाई मध्यनजर गरी गुलेली र मटेंग्रा दिइएको बताए । सचिव भट्टराईले चुनौतीको रुपमा रहेको बाँदर नियन्त्रणका लागि केही हदसम्म भए पनि सहज बनाउन गुलेली र मटेंग्राले महत्वपूर्ण टेवा पुुग्ने विश्वास व्यक्त गरे । उनले भने ‘गुलेली देखाएर बाँदर भाग्ने गर्छन् । यसले केही भए पनि किसानको बाली नाली जोगाउन मद्दत गर्छ भन्ने हाम्रो बुुझाई हो ।’

गाउँपालिकाका पार्टी सभापति देविन्द्र मल्लले बाँदर आतंकले गर्दा गाउँहरु बसाईसराईका कारण रित्तिदै गएकोप्रति चिन्तित हुुँदै परम्परागत रुपमा बाँदर भगाउन प्रयोग गरिने गुलेलीले किसानलाई राहत पुुग्नेमा विश्वास व्यक्त गरे । उनले किसानका समस्याहरु सम्बोधनका लागि भएको यो प्रयास अत्यन्तै प्रभावकारी रहेको बताए । मल्लले भने, ‘बाँदर लखेट्न जाँदा आफुहरुमाथि नै आक्रमण गर्न खोज्दै गर्दा गुलेली ताक्यो भने बााँदर डराएर भाग्ने हँुदा पनि यसबाट केही राहत हुन्छ ।’ ग्वादीका वडा सभापति तथा युवा किसान नारायण ज्ञवालीले गाउँमा बाँदर आतंकका कारण समस्यामा परेका किसानलाई बाँदर धपाउँन गुलेलीको समेत अभाव भएको अवस्थामा काँग्रेसले समुुदायमै आएर वितरण गर्नु आफैमा प्रशंसनिय कार्य रहेको बताए ।

गुलेली र मटेंंग्राको परम्परागत घरेलु हतियारका रुपमा प्रयोग गरिदैं आइएको छ । समस्याको समाधान परम्परागत रुपमा पनि गर्न सकिन्छ भन्ने मूल्य र मान्यतालाई आत्मसाथ गर्दै किसानलाई गुलेली वितरणको काम गरिनुु आफैमा सकरात्मक रहेको रिडी बजार निवासी स्थानीय व्यवसायी किशोर श्रेष्ठले बताए । ग्वादीका ३७ बर्षीय किसान जगत तिवारीले बाँदर आतंकका कारण समस्या भएको र आफुहरुसँग गुलेली पनि नभएको गुनासो गरेपछि काँग्रेस सचिव भट्टराईले एक कार्यक्रमको आयोजना गरेर किसानलाई गुलेली र मटेंग्रा दिएकोमा धन्यावाद प्रदान गरे । स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस क्षेत्र –१ प्रदेश १ का उपसभापति मंगलबहादुर रेगामीले यो एउटा नमूनाको रुपमा काम भएको भएता पनि गाउँका बाँदर पिडित किसानका समस्याहरुको समाधानमा यो कार्य महत्वपूर्ण रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?