ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

रुपन्देही उद्योग संघमा मुद्रण वस्तुगत समिति गठन, संयोजकमा निर्मल अर्याल

२४ माघ २०८०, बुधबार
२४ माघ २०८०, बुधबार

बुटवल, २४ माघ ।

रुपन्देही उद्योग संघले विगत केही दिन वस्तुगत समित गठन प्रक्रियालाई तिब्रता दिदै आएको छ । बुधबार मुद्रण सम्बन्धी उद्योगीहरुको भेलाले म्द्रण वस्तुगत समिति गठन गरेको छ ।

संघका प्रथम उपाध्यक्ष एवं वस्तुगत समिति गठन कार्यक्रमका संयोजक जिवकान्त काप्mलेको अध्यक्षतामा आयोजित भेलालाई संबोधन गर्दै संघका अध्यक्ष दिलिप सापकोटाले वस्तुगत समिति गठनले उद्योग संचालन गर्दा आइपर्ने कठिनाईहरुलाई मिलेर समाधान गर्न र संघका गतिविधिहरुलाई सफल बनाउन र आप्mनो उत्पादनको बजारीकरण गर्न, सहज होस् भन्ने हेतुले वस्तुगत समिति गठन गर्दै आइएको जानकारी गराए ।

भेलामा संघका प्रथम उपाध्यक्ष एवं संयोजक जिवकान्त काफलेले वस्तुगत समिति गठनको उद्देश्य, काम, कर्तव्य र अधिकारको बारेमा उपस्थित मुद्रण उद्योगीहरुलाई विस्तृत जानकारी गराए ।

मुद्रण उद्योगीहरुको भेलाले पूर्णिमा प्रिन्टिङ्ग एण्ड ट्रेनिङ्गका निर्मल अर्यालको संयोजकत्वमा ७. सदस्यीय मुद्रण वस्तुगत समिति गठन गरेको छ । गठित समितिको सहसंयोजकमा एस.के.अफसेट प्रेसका मधु पोखरेल, सचिवमा न्यू बाबा छापाखानाका भरतराज पाठक, सदस्यहरु साहनी प्रिन्टर्सका सुनिल शाहनी, आर.एल. अफसेट प्रेसका राम चौधरी, हिमालय अफसेट प्रेसका हिमालय पौडेल र मयुर अफसेट प्रिटिङ्ग प्रेसका गिरीराज शर्मा चयन भएका छन् ।

भेलाले समितिको सल्लाहकारहरुमा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, कार्यसमिति सदस्यमा राजु घिमिरे, पूर्व कार्यसमिति सदस्यमा बिष्णु तिवारी, घनश्याम घिमिरे, हरि पहारी, उद्योगी लिलाधर लुईटेल, पशुपति पौडेल र डिल्लीनारायण पाण्डेलाई चयन गरेको छ ।

भेलामा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै समितिका संयोजक निर्मल अर्यालले उद्योगीहरुले विश्वास गरी संयोजकको जिम्मेवारी दिएकोमा रुपन्देही उद्योग संघ तथा मुद्रण उद्योगी मित्रहरु प्रति आभार व्यक्त गर्दै मुद्रण उद्योगीका तमाम समस्याहरुलाई निराकरण गर्न सम्बन्धित निकायमा पहलका लागि रुपन्देही उद्योग संघ मार्पmत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसद पराजुली, महासचिव हिरामणी भट्टराईलगायतले पनि बोलेका थिए । भेलामा हालसालै काठमाडौंमा सम्पन्न मुद्रण उद्योग महासंघको अधिवेशनबाट केन्द्रीय अध्यक्षमा, रुपन्देही उद्योग संघका पूर्व कार्यसमिति सदस्य बिष्णु तिवारी, द्वितीय उपाध्यक्षमा सदस्य उद्योगी मनोज जि.सी, केन्द्रीय सदस्यमा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली बिजय भएकोमा हार्दिक बधाई सहित सम्मान गरिएको थियो । भेलामा मुद्रण उद्योगी महासंघका अध्यक्ष बिष्णु तिवारी, संघका कार्यसमिति सदस्य राजु घिमिरे, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलामा संघका द्वितीय उपाध्यक्ष हरि बहादुर खत्री, कार्यसमिति सदस्य टंक नारायण आचार्य, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी र मुद्रण उद्योगीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?