© २०२३
बुटवल, २४ माघ । सरकारी तथ्यांक अनुसार ३ वटा जिल्लाका सीमा नाका प्रयोग भएर कुनै पनि भारतीय (ज्यूँदो वा पोष्ट हार्भेष्ट) गरिएको आयात भएको छैन । तर बुटवल, भैरहवा लगायतका स्थानमा भने अहिले भारतीय प्रतिबन्धित अवैध माछा छ्याप्प छ्याप्ती पाईने गरेको छ ।
केही दिन यता ईलाका प्रहरी कार्यालय बुटवल ले दुई पटकमा अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरेको छ भने आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा पठाएको छ । यसरी प्रहरीको चेक पोईन्ट, सीमा सुरक्षा वल तथा ठाउँ–ठाउँमा रहेका चेक पोष्ट चौकीको समेत चुनौति दिँदै भारतीय तस्करहरूले नेपालमा माछा तस्करी गर्ने गरेको पाइएको हो । यसरी ती तस्करहरूले भारतबाट अवैध प्रतिबन्धित माछा नेपालमा ल्याउने र प्रहरीको मिलेमतोमा नेपाली कुनै माछा फार्मबाट किनेको भनेर बिल बनाएर बजारमा पठाउने गरेको पाइएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बुटवलमा सात लाख रूपैयाँ भन्दा बढि रूपैयाँको अवधै भारतीय बैखी माछा नियन्त्रणमा लिएको छ । माघ २३ गते बुटवल उपमहानगरपालिका वडा नम्बर ५ हाटबजार लाईनबाट माछा सहित गाडी, चालक नियन्त्रणमा ल्याएपछि यसको रहस्य थप खुल्दै गएको छ ।
अवैध रूपमा भन्सार छली नेपालमा प्रतिबन्धित ‘बैखी जात’ का माछा ओसारपोसार भईरहेको भन्ने सूचनाको अधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलमा खाटिएको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा बुटवल सिद्धार्थ क्याम्पस अगाडि रोकी राखेको लु २ च ३३२९ नं. को बलेरो गाडी मा २ हजार किलो माछा नियन्त्रणमा लिएको हो । प्रहरीले अबैध बैखी माछा ओसारपोसार गर्ने जिल्ला कपिलबस्तु कपिलबस्तु नगरपालिका वडा नं. १ बस्ने बर्ष २३ को शिव कुमार यादब र कपिलबस्तु बुद्धभूमी नगरपालिका वडा नं.२ बस्ने बर्ष ३४ को सजहार पखियालाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रूपन्देहीमा पठाएको छ ।
उक्त माछाको बजार मुल्य अन्दाजी ७ लाख रूपैयाँ बराबरको रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरिक्षक बिजय राज पण्डितले भारतिय माछा बुटबल बजारमा आईपुगेको भन्ने सुचनाको आधारमा बुटबल हाट बजारबाट नियन्त्रण्मा लिइएको बताए । उनले भने–‘ कपिलबस्तुको कुनै फामएका बिल बनाएको भएपनी माछा पूर्णरूपमा आईसमा भण्डारण गरिएको कारण भारतीय नै हो भन्ने हाम्रो ठम्माई हो । ’
कपिलवस्तुबाट रूपन्देही सम्म प्रहरीका विभिन्न नाका, चेक पोईन्ट छलेर भारतीय माछा के कसरी बुटवल सम्म आयो भन्नेमा प्रहरी प्रसासनको नै काम कारवाहीमा प्रश्न चिन्ह खडा भएको छ । भारतीय र नेपाली तस्करसंग नेपाल प्रहरीको समेत साठँगाँठ भएको हुन सक्ने अनुमान समेत गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलले भन्सार चोरी तस्करी गरी ल्याएको कपडा सहित एकजनालाई नियत्रणमा लिएको छ । मगलबार बिहान लु ६ प ४२०३ नम्बरको मोटरसाईकलमा जाँच गर्दा ८० हजार मुल्य बराबरको पाच रोल १ सय ६ मिटर कपडा । मोटरसाईकल चालक प्रदिप केवटलाई नियत्रणमा लिएर अवश्यक कारवाहीका लागी भैरहवा भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।
पशु क्वारेन्टाईन कार्यलय भैरहवाका प्रमुख डा. भक्त न्युरेले रूपन्देही, नवलपरासी र कपिलबस्तु ३ वटा जिल्लाका कुनै पनि सिमा नाका बाट कुनै पनि माछा आयात नभएको बताउँछन् । उनका अनुसार मंसिर र पुस महिनामा सुकेको सिद्रा माछा आयात भएको भएपनि (काँचो) माछा आयात भने नभएको बताए ।