© २०२३
भैरहवा, २३ माघ ।
सिद्धार्थनगर नगरपालिकाको नगर प्रवक्ताको जिम्मेवारी पाएपछि मुक्तिनाथ यादव(भोला) ले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्षेत्रको सुधार भएको बताएका छन् । नगरमा रहेका माध्यमिक र निम्न माध्यमिक विद्यालयमा शिक्षा समिति सहित दैनिक अनुगमन गर्ने उनले बताए ।
शैक्षिक क्षेत्रको सुधार नै पहिलो प्राथमिकता रहेको उनले बताए । अपांग मैत्री बालबालिकाको अनुदानको कोटामा कतिपय विद्यालयबाट निबेदन परेको बताउँदै उनले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई समाधान गरेपछि अन्य समस्या समाधानमा लाग्ने उनले बताए ।
सिद्धार्थनगर नगर कार्यपालिकाको यही माघ १९ गते बसेको बैठकको निर्णय बमोजिम यादवलाई नगर प्रवक्ताको रुपमा नियुक्त गरिएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालले जानकारी दिए ।
नगर प्रवक्तामा मनोनित भएका यादव सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हुन् । उनी २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । यादव २०७४ सालमा पनि सिद्धार्थनगर–४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी