© २०२३
धनगढी,२२ माघ ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा तोरीको तेल उद्योग संचालनमा आएको छ । सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबारदेखि औपचारिक रुपमा बेलौरी तोरीको तेल ब्राण्डिङ्ग लेभलिङ्ग तथा प्याकेजिङ्ग उद्योग संचालनमा ल्याएको छ।
उधोगको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले उद्योगले उत्पादन गर्ने तेललाई ब्राण्डिङ्ग, लेबलिङ्ग र प्याकेजिङ्गमा आवश्यक सहयोग गरिने बताए । कञ्चनपुर जिल्लामै प्रशोधन सहितको शुद्ध तोरीको तेल उत्पादन गर्ने यो पहिलो उद्योग भएको हो ।
३० लाख लागतमा सुरु भएको उधोगमा बेलौरी नगरपालिकाको १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको १० लाख र सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ५ लाख लगानी रहेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए ।