© २०२३
गैंडहवा ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी झविलाल भट्टराईलाई दिइएको छ ।
विभिन्न पालिकामा काम गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोटहीमाईको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । उनी यसअघि मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए । बिगत लामो समयदेखि खाली रहेको कोटहीमाई गाउँपालिकामा भट्टराईलाई थप जिम्मेवारी दिइएको हो ।
कोटहीमाईमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहँुदा अर्थिक प्रशासन लगभग ठप्प जस्तै थियोे । विकास निर्माण अलपत्र देखिएको थियो । अहिले दुइवटा पालिका हेर्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी दिएपछि आफुले दुई पालिकालाई आवश्यकता अनुसार समय ब्यवस्थापन गरेर काम गर्ने भट्टराईले बताए ।
जिल्ला प्रशासन लगायत अन्य क्षेत्रमा प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईको राम्रो छवि रहेको बताइन्छ ।