ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै

बेलायतको अल्डरसट भर्सेस उत्तराखण्डको गढी केन्ट

२१ माघ २०८०, आइतबार
२१ माघ २०८०, आइतबार

तपाईं देहरादुनको गढी केन्ट जानु भएको छ ? अनि त्यहाँ गोरखालीको बस्ती भएको कुन कुन ठाउँ जानु भएको छ ? हुन त नालापानीको नेपाल अंग्रेज युद्ध विश्व प्रसिद्ध छ । लन्डन जाने अवसर आएको छ भने अलडर सट जाने कोसिस गर्नु होला । लन्डनमा नेपालको स्वाद आउँछ । आउनु होस् आज यिनै दुई कुराको चर्चा गरौं ।

देहरादुन बजारको विकासमा नेपाली गोरखालीको जति योगदान छ, त्यसको मूल्यांकन देहरादुनले गरे जस्तो लाग्दैन । वि.सं. १८७३ को नालापानी स्तम्भ हेलाँ भएको छ । बजारमा नेपाली बोल्दै हिँड्ने आज देखिँदैन । अझै दिक्क लाग्दो कुरा नेपाली परिवारका महिला र बच्चाहरूले समेत आपसमा नेपाली बोलेको देख्न पाईंदैन । मातृभाषाको मर्यादा राख्नमा महिलाहरू नै अघि सर्नुपर्छ । संसारमा मातृ भाषा बचाउने महिलाहरू नै हुन् । भारतको अनुसूचीमा दर्ता भएको भारतीय भाषा बोल्न पनि त्यहाँ बसोबास गर्ने नेपालीहरूले गर्व गर्न नसकेको देख्दा भाषा प्रेमीलाई चसक्क हुन्छ ।

देहरादुन र त्यसको वरिपरिका शहरहरूमा २०० वर्षदेखि बसोबास गरेका नेपालीहरूको छरिएको बस्ती छ । हरिद्वार, ऋषिकेश, सप्तसरोवर, छिद्दरवाला, रायवाला, प्रतीतनगरमा नेपालीहरू बसोबास गर्छन् । देहरादुनलाई नेपालसँग जोड्नेमा पृथ्वीनारायण शाहको नेपाल विस्तारका साथै सुरु भएको यो सम्बन्ध राणाकालमा अझै बढेर गएको थियो । नेपालीहरूले नेपाली बोलुन्, आफ्नै संस्कृति कायम राखुन् यसका लागि श्री ३ राणाका वंशजहरूले गोरखाली सुधार सभाको गठन पनि गरेका थिए । त्यसको भवन र जमीन आज पनि छ तर त्यसले नेपालीपनको कार्यक्रमहरू कति गरेको छ, त्यो चर्चामा आएको देखिन्न । राजनीतिक क्षेत्रमा नेपालीहरूको सहभागिता न्यून छ, प्रशासनमा पहुँच झनै नपुगेको देखिन्छ । प्रतिस्पर्धी सामाजिक व्यवस्थामा गढवाली समाजको तुलनामा नेपाली समाज पिछडिएको छ, आफूलाई विकसित गर्न सकेको छैन, भन्न सकिन्छ ।

विगतको तुलनामा नेपाली समाजको संरचना पनि बिथोलिँदै गएको छ । अधिकांश पूर्व सैनिकको बसोबास भएको देहरादूनको समाज, भाषा, संस्कृति असम, सिक्किम, दार्जिलिङसँग मिल्दैन । यद्यपि केही नेपालीहरूले भारतीय जनता पार्टीका विधायकको हैसियत प्राप्त गर्न सकेका छन् । तथापि देहरादुनको विकासमा नेपालीको जुन भूमिका छ, त्यसको दाँजोमा उनीहरूले त्यस माटोबाट उपलब्धि कम पाएका छन् जस्तो देखिन्छ ।

देहरादून र वरिपरिका क्षेत्रमा नेपाली टोपी लगाएको र नेपालीहरूले पसल संचालन गरेको गढीमा देख्न पाइन्छ । जसले नेपालीहरूले गरेको योगदान र त्यसको इतिहास संझना गराइरहन्छ । सुगौली सन्धि पछि नै ब्रिटिश र नेपालको सम्बन्धमा गोरखा सैनिक भर्ती पछि नयाँ आयाम थपियो । गोरखा फौजको यो सम्बन्ध भारत छोडेर जाँदा पनि ब्रिटिशले कायम राखे तथा दुई गोरखाली फौज ब्रिटेनमा सँगै राखे । यसपछि नेपाली ब्रिटिश भर्तीको नयाँ रोजगारी प्रारम्भ भएको हो । हुन त, ब्रिटिश गोरखाले सैनिकमा त्यो दर्जा पाएन जुन भारतीय फौजका गोरखा सैनिकले पाएका थिए । तर ब्रिटिश फौजको यस सम्बन्धले गर्दा सामान्य नेपालीहरूले पनि संसार देख्ने, जान्ने मौका पाएका हुन् ।

लन्डनको अल्डरसट नेपालीहरू बसोबास गरेको उदाउँदो बजार हो । कुनै समय अल्डरको जंगल भएको यो सानो गाउँ वि.सं. १९०० पछि अलि ठूलो गाउँमा रूपान्तर भयो । फौजीहरूको बस्तीको रूपमा नै यो ठाउँ विकास भएको हो । पहिलो र दोस्रो विश्वयुद्धमा यसमा थप सैनिकहरू बस्न थाले । यसबाट यो गाउँ एक विकसित गाउँको रूपमा विकास भएको छ । एउटा टाउन बनेको छ । लन्डन बाहिर केही टाढा रहेको यो गाउँले आफूलाई विकसित बनाउन संघर्ष गरिरहेको देख्न सकिन्छ । अवकाश प्राप्त सैनिक र उनीहरूका परिवारले यस गाउँलाई स्थापित, परिमार्जित र विकास गर्न संघर्ष गरेको देख्न सकिन्छ । यद्यपि त्यहाँको संस्थापन पक्षले नेपालीहरूलाई त्यो सम्मान गर्न सकेको देखिँदैन । नेपालीहरूले सडक क्रस गर्दा सानो दुर्घटना भएको एउटा घटनामा त्यहाँको मेयरले नेपालीहरूलाई नै असभ्य भन्ने टिप्पणी गर्न भ्याएका थिए । जुन जातिले बेलायतको स्वतन्त्रता रक्षामा आफ्नो रगत बगाए । उसलाई तालिम दिएर सभ्य बनाउनु पर्नेमा त्यो टिप्पणी नसुहाएको कुरा त्यसबेला निकै चर्चित बनेको थियो ।

अल्डरसटमा ब्रिटिश फौजका पूवै सैनिकहरू बसोबास गर्छन् । बजारमा हेर्दा त्यहाँ महिलाहरूको व्यक्तित्वले हरेक ठाउँमा आफूलाई विकसित गरेको देखिन्छ । व्यवसायी महिलाहरूको जाँगर, उनीहरूले कम्प्युटर प्रविधि प्रविष्टि राख्ने सामान मिलाउने, ग्राहकसँग व्यवहार गर्ने सबै गरेका छन् । सानो बजारमा नेपालीपन देखिन्छ । नेपाली पोशाक लगाएर नेपाली बोलेर हिँड्दै गरेका मानिसहरू देख्न पाइन्छ । अंग्रेजी त त्यहाँको सम्पर्क भाषा नै भइहाल्यो सबैले प्रयोग गर्छन् । नेपालीपनलाई यसैगरी कायम राख्यो भने यसले आफ्नो प्रचलित नाम मिनी नेपाललाई आगामी कैयौं वर्षसम्म कायम राख्ने छ भन्ने आशा गर्न सकिन्छ ।

नेपालीहरूको पर्यटन रुचि र क्षमता बढ्दो छ । त्यसैले यी दुवै ठाउँले यदि आफूलाई नेपाली नै राख्न सके भने यी दुवै ठाउँलाई संसारभरिका नेपालीको पर्यटन गन्तव्य बनाउन सकिन्छ । यसबाट बेलायतको अल्डरसट र उत्तराखण्डको गढी केन्टलाई नै बढी लाभ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?